June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

जात र धर्मका पर्खाल भत्काएर विकास–निर्माणमा लागौंः रास्वपा उम्मेदवार खाँन

Advertisement

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–५ का उम्मेदवार तौफिक अहम्मद खाँनले समृद्ध र सदभावयुक्त मुलुक निर्माणका लागि समाजमा व्याप्त जातीय र धार्मिक पर्खाल भत्काउनु पर्ने बताएका छन् ।

Advertisement

रुपन्देही–५ स्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै उनले समाजमा सबै नागरिक बराबर भएकाले भावानात्मक रुपमा विभाजन देखिन नहुने बताए । नागरिकमा पैदा गरिएका यस्तै जातीय र धार्मिक खाडलका कारण व्यक्ति–व्यक्ति बीच फाटो ल्याउने हुँदा यस्ता पर्खाल भत्काउनु पर्ने बताए ।

सामाजिक विभेद अन्त गरेर अगाडि बढेको खण्डमा मात्रै समान हक र मानव अधिकारको प्रभावकारी कार्यान्वयन हुने भएकाले सदभावयुक्त समाज निर्माणमा आफूले योगदान गर्ने बताए । परम्पराका हिसावले व्यक्तिले जुनसुकै जात र धर्म अंगाले पनि प्रकृतिले सबैलाई नेपालीको अधिकार दिएको जनाए । यस्तै, उनले संविधान र मुलुकको कानूनअनुसार समान हकअधिकारी प्रदान गरेको बताए ।

जातीय र धार्मिक पर्खाल भत्काउन नसकेको खण्डमा समृद्ध नेपाल निर्माणको सपना खेर जाने चिन्ता उनले व्यक्त गरेका छन् । नागरिकका पहिरन र रहनसहन जस्तोसुकै भए पनि आखिर सबैको रगत रातो र राष्ट्रप्रेम एउटै हुने उनले बताए । ‘टोपी, दारी, वा टीका फरक हुनसक्छन्,’ उनले भने, ‘तर हाम्रो रगतको रंग र राष्ट्रप्रतिको प्रेम एउटै छ ।’

बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देही ५ लाई विश्वभरका मानिसको प्रमुख गन्तव्य बनाउन आफूले भूमिका खेल्ने उनले बताए । त्यसैले राजनीतिले समाजमा विभाजन ल्याउन नहुने उनको भनाई छ । त्यसका लागि आफूले एकताको सूत्र सिकाउने राजनीतिक गर्न चाहेको उनले बताए । सबै मिलेर विकासका मुद्दालाई अगाडि बढाउनुपर्ने जनाउँदै समाजिक सद्भाव कायम राखी समतामूलक समाज निर्माण योजना गर्न खाँनको आग्रह छ । उनले कुनै स्वार्थी वा कुत्सित तत्वले जात, धर्म, धाषाधाषीका नाममा विभाजन ल्याउन सक्ने भन्दै सचेत रहन सबैमा अपिल गरे ।

रास्वपा उम्मेदवार खाँनको प्रचार शैलीले जितिरहेको छ रूपन्देही–५ का स्थानीयको मन

कम्तिमा ३० बेडको सुविधा सम्पन्न अस्पताल बनाउँछुः रास्वपा उम्मेदवार खाँन

महिला सशक्तिकरणलाई प्रथामिकता दिनेछुः रास्वपा उम्मेदवार खाँन

किसानको ओठ–ओठामा हाँसो ल्याउने गरी काम गर्छुः रास्वपा उम्मेदवार खाँन

लुम्बिनीको पर्यटन बिस्तार गरेर रोजगारी सिर्जना गर्छौंः रास्वपा उम्मेदवार खाँन

जनसमर्थनबाट उत्साहित छन् रास्वपा रूपन्देही–५ का उम्मेदवार खाँन

रूपन्देही-५ मा पुराना दलका उम्मेदवार प्रश्नसित डराएः रास्वपा उम्मेदवार खाँन

रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी

भ्रष्टाचारमुक्त प्रशासन, समृद्ध समाज मेरो लक्ष्यः खाँन

बुद्ध जन्मस्थललाई आध्यात्मिक पर्यटनको केन्द्र बनाउँछु: खान

सभापतिले क्षेत्र भ्रमण गरेपछि मतदाता उत्साहितः रास्वपा उम्मेदवार खाँन

रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’

पर्यटन सेवा सुधार गरेर रोजगारी बृद्धि हाम्रो लक्ष्यः रास्वपा उम्मेदवार तौफिक

राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार