June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रूपन्देही–१ का राप्रपा उम्मेदवार बोहराद्वारा प्रतिबद्धता सार्वजनिक, कस्ता विषय समेटिए ?

Advertisement

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आइतबार आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत धकधईमा रहेको प्रचारमा कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर ८ बुँदे प्रतिवद्धता पत्र सार्वजकि गरेका हुन् ।

Advertisement

पार्टीका प्रदेश र केन्द्रका नेता, समानुपातिक उम्मेदवार सहित आइतबार बिहान विभिन्न बुँदामा प्रतिवद्धता सार्वजनिक गरेका हुन् । नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन विश्वका अन्य मुलकभन्दा फरक रहेको उल्लेख गर्दै पार्टीले राष्ट्रियता, सनातन हिन्दू धर्म, भाषा, संस्कृति र परम्पराको संरक्षण गदै भावी पुस्तालाई मौलिक पहिचान हस्तान्तरण गर्ने बोहराले बताए ।

‘भ्रष्टाचारमुक्त समाज र सुशासनको पक्षमा निरन्तर काम गर्ने दृढ संकल्प गर्दछु,’ उनले भने, ‘नेपालमा जेन–जी पुस्ताको आन्दोलनले सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण, राजनीतिमा पुराना अनुहारको विकल्प, समान अवसर खोजेको हो, उनीहरुको अपेक्षा पूरा गर्न म प्रतिवद्ध छुँ ।’ आफ्ना बुवा स्वर्गीय दीपक बोहराको प्रेरणा, विकासप्रतिको लगाव र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने संकल्प आत्मसाथ गरेर राजनीतिमा होमिएको उनले बताए ।

‘मुलुकको स्थायी शान्ति र विकासका लागि जेन–जी पुस्ता, राजनीतिक दल, राजसंस्था बीचको त्रिपक्ष राष्ट्रिय सहमती आजको आवश्यकता हो,’ उनले भने, ‘राजनीतिलाई व्यापार बनाउनेप्रति नागरिक सचेत भइसकेका छन् । उही अनुहार, उही सोचबाट मुलुक चलाउन खोज्ने प्रवृत्तिप्रति व्यापक असन्तुष्टि छ ।’ रुपन्देहीका सचेत नागरिकले उठाएका सही मुद्दालाई सदनबाट सम्बोधन गर्ने गरी आफूले योजना बनाएको उनले बताए ।

कसैको लहड र उक्साहटका पछाडि नलागि रुपन्देही–१ को समग्र विकास गर्न सक्ने उम्मेदवारलाई चुनावमा जिताउन उनले आग्रह गरे । ‘पेसा र व्यवसायलाई थाती राखेर राष्ट्रसेवाको भावनासहित राजनीतिमा प्रवेश गरेको हुँ,’ राप्रपा उम्मेदवार बोहराले भने, ‘मेरो पिता स्वर्गीय दीपक बोहराको राजनीतिक मार्गलाई पछ्याउँदै यसपटक चुनावी मैदानमा उत्रिएको छु ।’

यस क्षेत्रमा सीपयुक्त शिक्षामा जोड दिँदै युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्ने, विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्ने आफ्नो पहिलो प्राथमिकता रहने उनले जानकारी गराए । ‘लघुवित्त र सहकारी पीडितका पक्षमा काम गर्नुपर्ने कुरामा म पूर्ण रुपमा प्रतिबद्ध छुँ,’ उनले भने, ‘अधुरो सडक सञ्जाल पूर्णता दिनेदेखि स्वच्छ खानेपानी, धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवासहितको सुविधा प्रदान गर्नुपर्ने छ । त्यसका लागि आम मतदातालाई मलाई विजयी बनाउन अनुरोध गर्दछु ।’

यस्ता छन् बोहराका प्रतिवद्धता
१) सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली पूर्णरुपले अधिकार सम्पन्न स्थानीय सरकार बनाइनेछ । ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता अपनाएर हरेक वर्ष जनतासँग कामको प्रतिवेदन प्रस्तुत गर्नेछु । जनताले सोध्ने मैले जवाफ दिने कामको सुरुवात गर्नेछु ।
२) रोजगारी र अर्थतन्त्र अव्यवस्थित र भूमिविहीनलाई जग्गाको व्यवस्थापन युवाका लागि स्थानीय रोजगारी सिर्जना सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धन स्थानीय उद्योगमा रोजगारीको व्यवस्था सिर्जना गरिनेछ । वैदेशिक रोजगारी सुरक्षित, सम्मानजनक र देशमै पूँजी भित्र्याउने नीति लागू गनेछु ।
३) शिक्षा क्षेत्रमा व्यापक सुधार गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजनालाई पूर्णता दिँदै राजनीतिकरणबाट मुक्त बनाउने छुँ । सरकारी विद्यालयको भौतिक संरचनाको निर्माण र अध्ययन गर्ने विद्यार्थीको गुणस्तर अभिवृद्धि गरिनेछ । श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयलाई क्याम्पसमा परिणत गरी सर्वसुलभ शुल्कको व्यवस्था गरी गुणस्तरीय पठनपाठनको व्यवस्था गरिनेछ । सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड शिक्षक व्यवस्थापन र शिक्षामा समान पहुँच बढाउनेछु ।
४) स्वास्थ्य सेवा सबै नागरिकका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा बनाइनेछ । गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउनेछु । क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गरिनेछ । धकधई स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवासहि को सुविधा । स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनेछु ।
५) कृषि र खाद्य सुरक्षा व्यवसायिक कृषि प्रवद्र्धनमा जोड किसानलाई उचित मूल्य र बजार सुनिश्चितता सिंचाई, भण्डारण र आधुनिक कृषि प्रविधि आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्न पहल गर्नेछु ।
६) पूर्वाधार विकास क्षेत्रका सबै पालिका जोड्ने गरी सडक सञ्जालको निर्माण गरिनेछ । रोहिणी नदी संरक्षपणसैनै जलाशययुक्त बाँधबाट पर्यटन विकासमा जोड दिइनेछ । रोहिणी नदीको मैनिहवामा पक्की पुल निर्माण गरिनेछ । भगवान बुद्धको मावली क्षेत्र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने सडक, खानेपानी, सिंचाई र विद्युत्को व्यवस्थापन गरिने छ । शहरी योजना र अव्यवस्थित बस्ती व्यवस्थापन दिनेछु । दीनो र वातावरणमैत्री विकास । फाहोर प्रशोधन केन्द्रको निर्माण गरिने छ । क्षेत्रभित्र सुविधा सम्पन्न खेलकुद मैदानको निर्माण गर्नेछु ।
७) युवा, महिला र समावेशीता निर्णय तहमा युवाको अर्थपूर्ण सहभागीतामा ध्यान दिनेछु । महिला उद्यम, सुरक्षा र नेतृत्व । पिछडिएका समुदायको प्रत्यक्ष सशक्तिकरण गरिने छ ।
८) राष्ट्रियता. संस्कृति र पहिचान भाषा, संस्कृति र परम्पराको संरक्षण राष्ट्रिय स्वाभिमान र स्वतन्त्र परराष्ट्र नीति अन्त्यका लागि दृढ संकल्प व्यक्त गर्छु । युवाले देश छोड्नुपर्ने बाध्यता होइन, देशमै भविष्य देखुन् भन्नेमा म केन्द्रित भएर लाग्ने छु । राजनीति सेवा होस्, सत्ताको खेल होइन भन्ने बुझेको छुँ ।

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती