June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि लाग्नेछु : बोहरा

Advertisement

धकधई–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त) ले बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि आफू सक्रिय रहने बताएका छन् ।

Advertisement

रुपन्देही–१ का मतदाताहरुसँग चुनावी भेटघाटका क्रममा उम्मेदवार बोहराले बालबिवाह र दाइजो प्रथा दुवै समाज प्रगतीको बाधक रहेको बताए । ‘बालबिवाह र दाइजो प्रथा दुवै समाजका लागि घातक छन्,’ उनले भने, ‘बालबिवाह र दाइजो प्रथा पहिलाको तुलनामा धेरै कमी आए पनि यद्यपी अझै पुरै निर्मुल हुन सकेको छैन । यो प्रचलनको जरै उखेलेर फ्याँक्न जरुरी छ ।’

मतदाताहरुसँग चुनावी भेटघाट तथा घरदैलो कार्यक्रम गर्दाको अवस्थामा प्रत्येक घर र गाउँ टोलमा यी प्रथाका वारेमा आफूले सोधखोज गर्ने गरेको उनले जनाए । समाजमा जनचेतनाको कमी, रुढीबादी प्रचलन, गरिबी, अशिक्षासँग यी दुवै प्रचलन जोडिएको भनाइ उनको छ ।

यी प्रचलनले सहरमा भन्दा ग्रामीण क्षेत्रमा बढि आक्रान्त पारेको छ । भने, बिशेष गरि गरिब तथा बिपन्न परिवारलाई समस्यामा पार्ने गरेको छ । बालबिबाह र दाइजो प्रथासँग किशोरी तथा महिलाको स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक, आत्महत्या जस्ता पक्ष जोडिन पुगेका छन् ।

‘यद्यपी समाजमा रहेको बालबिवाह र दाइजो प्रथाका कारण निम्न आर्थिक अवस्थाका धेरै घर परिवार ऋण र कर्जामा डुबेका छन्,’ बोहराले भने, ‘बालबिबाहका कारण छात्रा तथा किशोरीको पढाइ बिचैमा अवरुद्ध हुन पुगेको छ । गरिव परिवारमा छोरीको जन्म हुनु भनेको अभिसाप बनेको छ ।’

बालबिवाह सानै उमेरमा हुने भएकाले पछि उमेर बढ्दै बालिक भएपछि अन्य युवक तथा युवती मन पर्ने भएमा पारिवारिक बेमेलको मुख्य कारण बनेको छ । कतिपय युवा युवतीमा आत्महत्याको कारण पनि बन्ने गरेको छ । दाइजो प्रथाका कारण पढेलेखेको युवकको घरपरिवारले धेरै दाइजो माग गर्ने कारणले कैयन् घरपरिवार ऋण तथा कर्जामा डुब्ने गरेका छन् ।

‘यी दुवै सामाजिक सँस्कार बिरुद्ध स्थानीय बासिन्दा र शिक्षित युवालाइ नै साथमा लिएर अभियान चलाइनु पर्ने आवश्यकता छ’, बोहराले भने, ‘यी दुवै प्रथाको अन्त्य नभएसम्म समुन्नत समाजको परिकल्पना गर्न सकिँदैन । यसका लागि मेरो अग्रणी भूमिका हुने छ ।´

क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा

जेनजीको भावना अनुरुप काम गर्ने पार्टी राप्रपा हो : बोहरा

सिंचाई र मलको समस्या हल गर्न लागिपर्छुः बोहरा

राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ

युवालाई सीपयुक्त बनाएर रोजगारीको ग्यारेन्टी गर्छौंः बोहरा

निजी क्षेत्रमैत्री नीति जरुरी छः बोहरा

सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा

लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा

सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा

रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा

समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा

रूपन्देही-१ मा प्रमुख दललाई नयाँको चुनौती