क्षेत्रबासीको आत्मसम्मान बढाउन सधैं लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा


धकधई– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले क्षेत्रबासीको आत्मसम्मान बढाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । उनले हाम्रो प्रतिनिधिले यस्तो गलत गर्यो भन्ने अवस्था आउन नदिने जनाए ।
क्षेत्रका विभिन्न स्थानमा भएका कार्यक्रमहरुमा बोल्दै बोहराले भने, ‘विगतका जनप्रतनिधिले विसकाका मुद्दा उठाएनन्, फर्किएर आएनन् र आत्मासम्मान अभिबृद्धिमा केही गरेनन् भन्ने गुनासो धेरै सुनेको छु । म तपाईंहरुलाई विश्वास दिलाउँछु, कहिल्यै पनि म बाट मन दुख्न दिने छैन ।’
राप्रपा उम्मेदवार बोहराले सुशासन कायम गर्दै क्षेत्रको विकास गरेर सबैको आत्मासम्मान बढाउन आफू लागि पर्ने बताए । युवा, महिला, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि सबैं क्षेत्रको समानुपातिक विकास गरी सबैको मनोभावना अनुसार काम गर्ने उनले जनाए । उनले जनताले आफ्नो प्रतिनिधिलाई विश्वास गरेर मत दिने भएकाले त्यो विश्वास कायम गर्नसक्नुपर्ने बताए । क्षेत्रगत समस्या समाधान गरी यहाँका बासिन्दाको शिर ठाडो पार्न आफूले भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
बोहराले क्षेत्रमा अनेक समस्या रहेको जनाउँदै ती समस्या समाधन गर्ने पार्टी नै राप्रपा रहेको दावी गरे । विगतमा आफ्ना बुवा स्वर्गीय दीपक बोहराले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि लगायतमा ठूलो योगदान गरेको स्मरण गर्दै अब आफूले यी क्षेत्रलाई अगाडि बढाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इमान्दारिता पूर्वक जनताको सेवकका रुपमा काम गरेर क्षेत्र र क्षेत्रबासीलाई मुलुकमै परिचित गराउने आफ्नो उद्देश्य रहेकाले यसमा विश्वास गर्न उनको आग्रह छ । विश्वास खेर जान नदिन एक पटक आफूलाई परीक्षण गर्न उनले क्षेत्रबासीमा अपिल गरे ।
सीमान्तकृत र पिछडा वर्गको उत्थानमा लागिपर्छुः राप्रपा उम्मेदवार बोहरा
राप्रपा उम्मेदवार बोहरा भन्छन्- लुम्बिनीसँगै देवदहको प्रचार-प्रसार र विकास गर्नुपर्छ
सडक पूर्वाधार विकासलाई राम्रो बनाउन राप्रपाले जित्न जरुरी छः बोहरा
लघुवित्त र सहकारी पीडितले न्याय पाउनुपर्छः राप्रपा उम्मेदवार बोहरा
सरकारी विद्यालयको शिक्षा सुधार गरी सबै अभिभावकको रोजाई हुने गराउनुपर्छः बोहरा
रूपन्देही–१ मा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न अस्पताल जरुरी छः बोहरा
समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा








प्रतिकृया दिनुहोस्