मर्चवारमा रकम ठगीः विदेशमा पति गुमाउँदा पाएको क्षतिपूर्ति समेत बचेन
भैरहवा– रुपन्देहीको सिमावर्ती सम्मरीमाई–४ की, जैनव खातुन गद्दी मुसलमानका श्रीमान मोहम्मद इव्राइमको बैदेशिक रोजागारीका क्रममा ४ वर्षअघि कतारमा मृत्यु भयो । मोहम्मद बिरामी थिएनन् । एकदिन साँझपख खाना खाइवरी पति–पत्निबीच फोनमा कुराकानी भयो । त्यसपछि सुतेका श्रीमानको दिमागको नशा फुटेर...





