४० वर्षमा पटवा टेन्टको इभेन्ट म्यानेजमेन्टमा छलाङ


भैरहवा–चार दशकअघि रुपन्देहीको सिद्धार्थनगर–१३, मा सञ्चालनमा आएको पटवा टेन्ट हाउसले इभेन्ट म्यानेजमेन्टमा छलाङ मारेको छ । भैरहवाबाट यात्रा सुरु गरेको पटवाको ख्याती अहिले स्वदेश र बिदेशसम्म पुगेको छ । पछिल्लो समय फष्टाइरहेको डेस्टिनेशन वेडिङका लागि पटवा टेन्ट हाउस अपरिहार्य बनेको छ । अहिले नेपालभरि पटवा टेन्ट हाउसको सेवा बिस्तार भइसकेको छ । भारतको विभिन्न सहरबाट माग बढेको छ ।
यसका संस्थापक चन्द्र मोहन पटवा हुन् । उनले आफ्नो व्यवसायिक संघर्षको सुरुवात १२ वर्षको उमेरमा गरेका थिए । कलिलो उमेरमा उनले सडक पेटीमा खेलौंना विक्री थालेका थिए । त्यहीँबाट उनमा व्यवसाय बिस्तारको सोच पलाएको हो । कलिलो उमेरबाट सुरु गरेको संंघर्षले अहिले उनलाई स्थापित व्यवसायी बनाएको छ । खेलौंना विक्री गर्ने निश्चित ठेगान थिएन । अरु बेला सडक पेटिमा खेलौंना विक्री गर्ने उनी मेला लागेको बेला त्यहीँ पुगेर पसल चलाउथे । त्यतिले दैनिकी चलाउन धौं भएपछि एक सयम उनले व्यक्तिको घरमा काम गरेर गुजारा चलाएका थिए ।
उमेर बढ्दै गएपछि नयाँ सोचको विकास पनि हुन थाल्यो । यही समय २२ वर्षको उमेरमा बिवाह भयो । त्यसपछि २०४२ सालबाट भैरहवाको देवकोटा चोकबाट टेन्ट हाउसको सुरुवात गरे । सुरुमा दुई कर्मचारी राखेर कारोवार थालेका थिए । त्यतिबेला सम्म भैरहवाको नेपाल टेन्ट र सङघम टेन्ट हाउसले पकड बनाएका थिए । त्यहीँ बेला उनले टेन्टको व्यापार अगाडि बढाउने योजना बनाए । ‘एउटा सानो सटरबाट व्यवसाय सुरु गरेको थिएँ,’ चन्द्रमोहनले भने, ‘कर्मचारी अपुग हुँदा सामान लोड गर्न, रिक्सा चालकलाई सघाउन आफैं पुग्थे ।’ काम गर्ने मान्छे कमी भएका बेला आफैले सबैं काम गर्ने गरेको उनले बताए ।

उनका अनुसार त्यस बेला व्यापार गर्न निकै कठिन थियो । प्रतिष्पर्धीहरुले स्थापित हुन नदिन आफ्ना कर्मचारीलाई कुटपिट गर्नेे, टेन्ट च्यातिदिने, कहिलेकांही निकालेर फयाँकिदिने गरेको उनले सुनाए । ‘त्यस्तो बेला पनि मैले हिम्मत भने हारिन’ उनले भने, ‘आफनो संर्घषलाई जारी राखेँ । व्यापार राम्रो हुदै गयो र मिलनचोकमा एउटा सानो सटरमा टेन्ट राख्न थाले ।’ त्यसपछि व्यापारलाई परिवारकै एक सदस्यको जिम्मा लगाएर आफूले नाम पटवा केवल उघोग सञ्चालनमा ल्याएको उनले बताए । १५ वर्षअघि केवल उद्योग स्थापना गरेका उनले बताए । टेन्टको व्यापारबाट हौंसिएका उनले केवल उद्योगपछि कपिलबस्तुमा क्रसर उद्योग समेत सञ्चालन गरेको बताए ।
बजार बददै गएको थियो । तर, मुलुकमा विकास भएको राजनीतिक परिवर्तनका कारण दुबै उद्योग राम्रोसंग सञ्चालन गर्न सकेनन । त्यसपछि दुबै उद्योग विक्री गर्नु परेको उनले बताए । उद्योग सञ्चालन गर्दा लागेको ऋण चुक्ता गर्न नसकेपछि आफू बैंकको कालो सूचीमा समेत परेको उनले सम्झिए । त्यसपछि साथीभाई र स्थानीयको सहयोगले उक्त ऋण चुकाए । ‘एक समय म बर्बाद जस्तै भएको थिए,’चन्द्रमोहनले भने, ‘कठिन परिस्थितीमा पनि सम्हालिए । व्यापार छाडेर मैदानबाट भागिनँ ।’ तर, त्यतिबेला मानसिक रुपमा आफू निकै कमजोर अवस्थामा पुगेको उनले बताए । ‘त्यस्तो समयमा मलाई बुझेका मानिसले ठूलो साथ र भरोसा दिए,’ उनले भने, ‘त्यो सहयोग र विश्वास देखेर म आफै अचम्म परेको थिएँ । मलाई सहयोग आउदा त लागि राखेको थियो कि मैले कुनै ठूलो माहायज्ञ लगाएको छु ।’
त्यसबेला स्थानीयबाट प्राप्त सहयोगले नै परिवारलाई बचाएकोमा उनी कृतज्ञ छन् । त्यसबेला भैरहवाका बासिन्दाले गरेको सहयोगको गुन तिरेर नसक्ने उनी बताउछन् । ‘त्यसैले मसंग सहयोग माग्न आउनेलाई आफनो हिसाबले सकेको सहयोग गरी राखेको हुन्छु,’ उनले भने, ‘भैरहवाको जनताको सहयोग, मेरो हित र परिवारको हौसलाले गर्दा मैले फेरी टेन्टलाई निरन्तरता दिनसके ।’
अहिले पटवा इभेन्ट भैरहवाको महेन्द्र सभागृहमा रहेको छ । उक्त हल भाडामा लिएपछि करिब ७ करोड रुपैयाँ लगानी गरिसकेको उनले बताए । विभिन्न अवसरको सिजनको टेन्ट हाउसमा २ सय भन्दा बढी कामदार हुने गरेको उनले बताए । छिमेकी मुलुक भारतबाट पनि कामदार आउने गरेका छन् । उमेर संगै छोराहरु पनि हुर्किदै गए । अहिले परिवारमा श्रीमती, तीन छोरा, एक छोरी र दुई नाती, नातीनी रहेका छन् ।

उनका अनुसार ९८५७०२०१५३ मोबाइल नम्बरले व्यापारलाई चलायमान राखेको हो । आफूले कहिल्यैं मोवाइल नम्बर परिवर्तन नगरेकाले सम्पर्क गर्ने ग्राहकलाई सहज भएको हो । व्यापारलाई परिवारका सदस्यले साथ दिएका छन् । अहिले पहिलेको जस्तो समय छैन । बजारमा माग पनि परिवर्तन हुँदैं आएको छ । ‘मेरो छोराले टेन्ट व्यवासयसँगैं बाकी कामपनि संगै लैजान आग्रह गरे पछि उसैको योजना अनुसार अहिले काम भइरहेको छ,’ उनले भने, ‘पटवाले टेन्टसंगै बैंक्वेट, कर्पाेरेट इभेन्ट, डेस्टिनेसन वेडिङग इभेन्ट, लगायतका सेवा र सुविधा उपलब्ध गराइरहेको छ ।’
उनका अनुसार रुपन्देहीमा आउने भीआइपी लगायत विशिष्ट व्यक्ति आफूले स्वागत–सत्कारका काम गर्दै आएको उनले बताए । २०४८ सालमा पूर्वराजा बिरेन्द्र शाहको २५औं वार्षिक उत्सवको अवसरमा काठमान्डौंको सोल्टी होटलमा पुगेर सेवा पु¥याएको उनले बताए । उद्योगपति विनोदकुमार चौधरीकी भान्जीको विवाहमा पनि काठमान्डौं पुगेर टेन्टको सेवा उपलब्ध गराएको उनले बताए । यति मात्र हाइन बलिउड कलाकार मनीषा कोइरालाको विवाहमा समेत पटवा टेन्ट हाउसले सेवा दिएको उनको भनाई छ । ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न मुलुकका मन्दिर रहेका छन,’उनले भने, ‘ती मन्दिरमा हुने विभिन्न कार्यक्रममा पनि टेन्टको अडर आउने गरेको छ ।’








लेखकको सम्वन्धमा