August 3, 2026, Monday
२०८३ श्रावण १९ मंगलवार

पञ्चकन्या समूहलाई भारतकै प्रतिष्ठित ग्रिनप्रो मानक प्रदान

Advertisement

भैरहवा–नेपालको अग्रणी औद्योगिक घराना पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र एसएस टयांकीले वातावरण तथा दिगो विकासको क्षेत्रका काम गर्ने भारतीय संस्था कन्फ्रिडेरेसन अफ इण्डियन इन्डष्ट्री (सीआईआई) बाट प्रतिष्ठित ग्रिनप्रो मानक प्राप्त गरेको छ ।

Advertisement

दुई दिन अघि भारतको पुुणे राज्यमा भएको सीआईआइको नवौं संस्करण तथा ग्रीत प्रो सम्मेलनमा पञ्चकन्या समूह अन्तर्गतको सीपीभीसी पाइप निर्माण गर्ने पञ्चकन्या प्लाष्ट प्राली र स्टेनलेस स्टिल टयांकी निर्माता पञ्चकन्या एसएस प्रालीले उक्त मानक प्राप्त गरेका हुन ।

कुनै पनि वस्तुको उत्पादन चक्र, वातावरणीय प्रभाव, दिगो विकास तथा नविकरणीय उर्जा प्रविधि, कार्वन उत्सर्जन न्यूनीकरण एवं औद्योगिक सुुरक्षा लगायतका क्षेत्रका मापदण्डको मुुल्यांक्न पश्चात ग्रिनप्रो मानक प्रदान गर्ने गरिन्छ । पञ्चकन्या समूहले उत्पादन गर्ने सीपीभीसी पाइप र स्टेनलेस स्टिल टयांकी यी सबै मापदण्ड पूरा गरेकाले सीआईआईबाट अन्तराष्ट्रिय स्तरको मानक प्राप्त गरेका हुन । पञ्चकन्या समूह अन्तर्गतकै पञ्चकन्या स्टिल प्रालीले उत्पादन गर्ने फलामे छडले एक वर्ष अघि नेपालमै पहिलो ग्रिन प्रो मानक प्राप्त गरिसकेको छ ।

पञ्चकन्या समूहले उद्योग स्थापनदेखि नै गुणस्तरीय उत्पादनसंगै वातावरण संरक्षण र दिगो विकासलाई उच्च प्राथमिकतामा राख्दै नविनतम सोच सहित उत्पादन पक्रिया अगाडि बढाइरहेको उक्त समूहका महाप्र्वन्धक देवेन्द्र साहुले जानकारी गराए । नविकरणिय उर्जाको क्षेत्रमा गरेको लगानीका कारण समूह वैदेशिक दातृ संस्थाबाट पटकपटक पुरस्कृत भइसकेको छ । एक दशक अगाडि पञ्चकन्या समूहले नेपालमा पहिलो पटट स्टेनलेस स्टिल टयांकी उत्पादन सुरु गरेको थियो ।

अहिले काठमाडौँ र रुपन्देहीको कोटिहवास्थित उद्योगबाट १ सय २५ देखि १० हजार लिटरसम्मका टयांकी उत्पादन गरिरहेको छ । उद्योगले भारतका गोरखपुर, लखनउ, बस्ति, कोलकातामा आधिकारीक विक्रेता तोकेर विगत ८ बर्ष देखि टयांकी निर्यात गरिरहेको छ । दक्षिण भारतको बैगलुरु लगायतका क्षेत्रबाट समेत टयांकीको माग भएपनि पुर्याउन नसकिएको महाप्रबन्धक साहुले बताए । नेपालमा पहिलो पटक सीपीभीसी पाइप उत्पादन सुुरु गर्ने श्रेय समेत पञ्चकन्या समूहलाई जान्छ । उद्योगले २०६३ सालमा जापानीज कच्चा पदार्थ प्रयोग गरेर पाइपको उत्पादन सुरु गरेको थियो ।

अहिले उद्योगले १५ देखि १ सय एमएमका पाइप उत्पादन गरिरहेको छ । यो पाइप उत्पादन गरेर नेपाल गुुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो उद्योग पञ्चकन्या समूह हो । यस अवसरमा पञ्चकन्या समूहले आफ्ना ग्राहक, व्यवसायिक साझेदार, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वास र निरन्तर सहयोगकालागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमापनि गुणस्तरीय, नवप्रवर्तनयुक्त तथा वातावरणमैत्री उत्पादन उपलब्ध गराउने प्रतिबद्धता दोहोराएको छ ।