आगलागीपीडित व्यवसायीलाई उद्योग बाणिज्य संघको राहत


भैरहवा– आगलागीबाट क्षति भएका उद्योगी–व्यवसायीहरुलाई सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले राहत प्रदान गरेको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पीडित व्यवसायीलाई राहत हस्तान्तरण गरेका हुन् ।
संघले बराल जनरल स्टोर एण्ड सप्लायर्सका प्रोप्राइटर श्रवणकुमार उपाध्याय र सुरज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योगका प्रबन्ध निर्देशक आश्विनीकुमार जयसवाललाई राहत रकम हस्तान्तरण गरेको जनाएको छ । उक्त सप्लायर्समा गत साउन ७ गते र सुरज प्रिन्टिङ एण्ड प्याकेजिङ उद्योग गत असार ३१ गते विद्युत सर्ट भइ आगलागी भएको थियो ।
अध्यक्ष श्रेष्ठले संघमा आबद्ध व्यवसायीलाई थोरै भए पनि राहत होस् भनेर सहयोग गरिएको जनाए । ‘संघको राहत कोषबाट सहयोग रकम प्रदान गरिएको हो’, उनले भने, ‘विगतमा पनि आगलागीलगायत विभिन्न समस्यामा परेका संघमा आबद्ध फर्महरुलाई राहत रकम प्रदान गरिएको थियो । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन्छौं ।’
राहत रकम हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, संघका उपाध्यक्षहरु रोहितकुमार अग्रवाल, दिलिप कान्दु, गोविन्दप्रसाद ज्ञवाली, महासचिव कृष्णप्रसाद घिमिरे, सचिव मंगल भण्डारी, सदस्यहरु कृष्णप्रसाद अधिकारी, कैलाश गुप्तालगायतको उपस्थिति थियो । संघकी कार्यकारी सचिव कमला बस्नेतले व्यवसायिक हकहीतलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको बताइन् ।








प्रतिकृया दिनुहोस्