August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

ड्रोन आक्रमणमा परेर कुवेतमा एक नेपालीको मृत्यु

Advertisement

भैरहवा–कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार आक्रमणमा परेर ज्यान गएको हो ।

Advertisement

कुवेतस्थित नेपाली दूतावासले कुवेतको परराष्ट्र मन्त्रालयबाट घटनाको आधिकारिक पुष्टि गराउँदै तामाङको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । दूतावासले मृतक तामाङको शव छिटोभन्दा छिटो नेपाल फर्काउनका लागि सम्बन्धित निकायहरूसँगको समन्वयमा आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

यसैबीच, हाल कुवेतमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली समुदायलाई उच्च सतर्कता अपनाउन दूतावासले विशेष आग्रह गरेको छ । सुरक्षालाई मध्यनजर गर्दै कुवेत सरकारले जारी गरेका सम्पूर्ण सुरक्षा निर्देशिका, मापदण्ड र आचारसंहिताको कडाइका साथ पालना गर्न तथा सुरक्षित स्थानमा रहन दूतावासको अनुरोध छ ।