केशवधाममा १५ शय्याको कोभिड आइसोलेसन सेन्टर संचालनमा
भैरहवा- यहाँका दुई संस्थाले १५ शय्याको कोभिड आइसोलेसन सेन्टर तयार पारेका छन् । सेवा इन्टरनेशनल, नेपाल र हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवास्थित केशवधाममा उक्त आइसोलेसन सेन्टर तयार गरेका हुन् । आइसोलेसन हिजोबाट सञ्चालनमा ल्याइएको छ । हिन्दु स्वयंसेवकको सिद्धार्थनगर–१३ सेवापथस्थित...





