August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

थप ६०८५ जनामा कोरोना पुष्टि, ६८ जनाको मृत्यु

भैरहवा– मंगलबार देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षण गर्दा ८०० जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी मंगलबार ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यसअघि सोमबार ६ हजार ४ सय ९१ कोरोना संक्रमित डिस्चार्ज भएका थिए भने आइतबार ६ हजार २०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।