मतदाताबाट सकारात्मक ‘रेस्पोन्स’ पाइरहेको छुः नेकपा उम्मेदवार खाँन


भैरहवा– फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३, को चुनावी माहोल तातेको छ । यस क्षेत्रमा विभिन्न दलबाट उम्मेदवार बनेकाहरु मत आकर्षिक गर्न दौडधुपमा छन् । दलहरु समर्थन जुटाउन घरदैलोमा व्यस्त छन् ।
रुपन्देही ३ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार फैज अहमद खाँन पनि जनमत पक्षमा पार्ने कसरतमा छन् । आफ्नो दलले बिगतमा खेलेका भूमिका र आगामी कार्ययोजनासहित उनी मतदाता समक्ष पुगिरहेका छन् । यसक्रममा रुपन्देही–३ दीर्घकालीन विकाससँग जोडिएका पूर्वाधारका मुद्दालाई प्राथमिकता दिएर प्रचार गरिरहेका छन् । यसरी घरदैलोमा पुग्दा यस क्षेत्रका मतदाताबाट सकारात्मक ‘रेस्पोन्स’ पाइरहेको खाँनले बताए ।
घरदैलो तथा चुनावी कोण सभामा बोल्ने क्रममा उनले सहरी क्षेत्रमा देखिने जामको समस्यादेखि सुन्दरीकरणमा ध्यान दिने बताए । भैरहवाको बुद्धचोक र देवकोटा चोकमा देखिएको ट्राफिक जामको समस्या टालटुले तरिकाले समाधान नहुने बताए । ती क्षेत्र दैनिक सवारी चापका कारण अत्यधिक प्रभावित बन्दै गएको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी फ्लाईओभर निर्माणको अवधारणालाई अघि बढाउने प्रतिबद्धता जनाए ।
‘दीर्घकालीन समाधानका लागि फ्लाईओभर आवश्यक छ,’ उनले भने, ‘यसले भैरहवालाई आधुनिक सहरको स्वरूप दिन्छ ।’ सिद्धार्थनगर–९, स्थित अटोभिलेज प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा व्यवसायी र सेवाग्राही दुवै निराश भएको उल्लेख गर्दै उनले त्यसको व्यवस्थापन सुधार गर्ने योजना सार्वजनिक गरे ।
अटोभिलेज क्षेत्रसम्म सहज पहुँचका लागि आवश्यक पुल निर्माण गरिने र शहरभित्र जथाभावी सञ्चालन भइरहेका ग्यारेज तथा मोटर पाट्र्स पसललाई व्यवस्थित रूपमा अटोभिलेज भित्र सार्ने पहल गरिने उनले बताए ।
उनका अनुसार यस कदमले सहरको ट्राफिक व्यवस्थापन सहज बनाउने मात्र नभई सहरलाई सुन्दर, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्नेछ । चुनावी माहोलसँगै विकासका ठोस एजेन्डा अघि सार्दै खाँनले आफू विजयी भए भैरहवालाई आधुनिक, व्यवस्थित र पूर्वाधार सम्पन्न सहरका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए ।
सीमा क्षेत्रको अवैध गतिविधि रोक्न योजना बनाएर काम गर्छुः नेकपा उम्मेदवार फैज
विकासका सबै आयामलाई प्रविधिसँग जोड्नु पर्छः नेकपा उम्मेदवार फैज
पर्यटनमार्फत् रुपन्देही–३ को विकास सम्भव: नेकपा उम्मेदवार खाँन
रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज
माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज
युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड
भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन
सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान








प्रतिकृया दिनुहोस्