उपचारका क्रममा भैरहवाका पत्रकार अरुण ज्ञवालीको निधन


भैरहवा– रुपन्देहीका पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को निधन भएको छ । उपचारका क्रममा आइतबार बिहान भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ज्ञवालीको निधन भएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पुष्टि गरे ।
सिद्धार्थनगर–३ निवासी ज्ञवालीले भैरहवामा रहेर साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए । उनले लामो समय स्थानीयदेखि राष्ट्रिय मिडियो आबद्ध भएर काम गरेका थिए । जेठ २७ गते बिहान एक्कासी विरामी परेपछि उनलाई मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको हो ।
५४ वर्षीय ज्ञवाली शालीन, खोजपत्रकारितामा रुचि राख्ने र लेखनशैलीका पोख्त थिए । ज्ञवालीको निधनले लुम्बिनी प्रेस क्लबले इमान्दार र अग्रज पत्रकार गुमाएको अध्यक्ष रामाझीले जनाए । उनको धिनले नरुपन्देहीसहित नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको उनले जनाए । ज्ञवालीका श्रीमती, एक छोरा र छोरी छन् ।
यसैबीच लुम्बिनी प्रेस क्लबले शोक बक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ । क्लबका महासचिव पत्रकाश न्यौपानले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रूपन्देहीलाई कर्मथलो बनाई साढे दुईदशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका लुम्बिनी प्रेस क्लब, रूपन्देहीका तालिम समिति संयोजक अरुण ज्ञवालीको असामयिक निधनले क्लब परिवार मर्माहत भएको छ । उहाँको निधनले नेपाली पत्रकारिता जगतमा अपुरणीय क्षति पुगेको छ ।’
क्लबले दुःखको यसघडिमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकसन्तप्त परिवारजनमा यो कठिन घडीमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै समवेदनना समेत प्रकट गरिएको छ । ज्ञवालीको पार्थिव शरीर देवघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।








प्रतिकृया दिनुहोस्