बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा अनुगमन, गुणस्तरहीन काम तत्काल सुधार्न निर्देशन
परासी– निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको कामप्रति जनस्तरबाट गुनासो र प्रश्न बढेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ । एसियाली राजमार्गको मापदण्ड र गुणस्तरमा निर्माण गर्ने भनिएको यो खण्डमा पछिल्लो समय गुणस्तरमा प्रश्न उठेको छ । संयुक्त टोलीले पश्चिम नवलपरासीको दाउन्ने...





