आज ७५औँ मदन जन्मजयन्ती


भैरहवा– नेपाली कम्युनिष्ट आन्दोलनमा असल योद्धा मदन भण्डारीको आज ७५ औँ जन्मजयन्ती । आज असार १४ गते वर्ष उनको जन्मजयन्ती मनाइँदै आएको छ । तत्कालीन एमाले महासचिव समेत रहेका मदन कमयुनिष्ट नेताहरुमा असल, दुरदर्शी र धेरैले मन पराउनेमा पर्छन् ।
यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
अतिथिका रूपमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।
मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ ।








प्रतिकृया दिनुहोस्