विकासका सबै आयामलाई प्रविधिसँग जोड्नु पर्छः नेकपा उम्मेदवार फैज


भैरहवा– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहम्मद खाँनले अहिलेको समय सूचना तथा सञ्चार प्रविधिको युग भएकाले विकासका सबै आयामलाई प्रविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको वडा नं. ६ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । स्थानीय मतदातासँग भेटघाट गर्दै खाँनले सरकारी सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउन सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिने प्रतिबद्धता जनाए ।
‘सरकारी कार्यालयहरूमा डिजिटल प्रविधिको प्रयोग बढाएर सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नु नपर्ने वातावरण सिर्जना गरिनेछ’, उनले भने, ‘सेवाहरूलाई क्रमशः अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने योजना हाम्रो छ ।’
खाँनले शिक्षा क्षेत्रमा पनि सूचना प्रविधिको पहुँच विस्तार गरिने उल्लेख गरेका छन् । उनले विद्यार्थी तथा युवाहरूको अध्ययन र अनुसन्धानलाई सहज बनाउन ई–लाइब्रेरी स्थापना गरिने बताए । यसबाट विद्यार्थीहरूले आधुनिक शैक्षिक सामग्रीमा सहज पहुँच पाउने भनाइ उनको थियो ।
त्यसैगरी, आवश्यक स्थानहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइने योजना रहेको उनले जनाए । सूचना प्रविधिको पहुँच विस्तारले युवाहरूलाई ज्ञान, सीप र रोजगारीका अवसरसँग जोड्ने उनले बताए ।
आफूले गरेका काम तथा आगामी योजनाबारे जनतालाई नियमित रूपमा जानकारी गराउने व्यवस्था मिलाइने पनि उनले जनाएका छन् । ‘पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता मेरो छ’, नेकपा उम्मेदवार खाँनले भने ।
पर्यटनमार्फत् रुपन्देही–३ को विकास सम्भव: नेकपा उम्मेदवार खाँन
रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज
माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज
युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड
भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन
सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान








प्रतिकृया दिनुहोस्