लघुकथाः तीनपाने, भ्रम र तरिका
तीनपाने: “ओहो दाइ, तपाईं !” एकाबिहानै ढोकामा रामनामी ओढेर उभिएको मिठुरामलाई माधवले मुस्किलले चिन्यो । सधैँ तीनपानेको मातमा देखिने मिठुराम आज अर्कै देखिन्थ्यो । माधव भने बिहानै तीन गिलास रित्याएर झल्लिइरहेको थियो । “आज यो रामनामी ? धर्मकर्म गर्न थाल्नुभयो...





