लुम्बिनी प्रदेश सरकारमा रहेका कांग्रेसका पाँचै मन्त्रीले बुझाए राजीनामा


भैरहवा–लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदार रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । नेकपा (एमाले) र नेकपाबीच नयाँ राजनीतिक सहकार्य अघि बढेसँगै सरकारमा सहभागि नेपाली कांग्रेसका पाँचैजना मन्त्रीहरूले राजीनामा दिएका छन् । पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई राजीनामा बुझाएका हुन् ।
कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज), सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले सामूहिक रूपमा दलको कार्यालयमा राजीनामा बुझएका हुन् ।
कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले पाँचै जना मन्त्रीको राजीनामा पत्र दलको कार्यालयमा आइसकेको जानकारी दिएकी छन् । आइतबार सार्वजनिक बिदा परेको र मुख्यमन्त्री चेतनारायण आचार्य देउखुरी बाहिर रहेका कारण औपचारिक रूपमा बुझाउन नपाएको उनले बताइन् । उनका अनुसार, उनीहरुले बुझाएको राजीनामा सोमबार दलको तर्फबाट सामूहिक रूपमा बुझाउने र सोमबार नै मुख्यमन्त्रीले स्वीकृत गर्ने गरी छलफल भएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। यसअघि एमाले र कांग्रेसको गठबन्धन सरकार रहेकोमा अब २७ सदस्यसहित कांग्रेस बाहिरिएको छ भने १३ सदस्य (सभामुखसहित) रहेको नेकपा सरकारमा भित्रिएको छ ।
लुम्बिनी प्रदेशसभामा नेकपा एमाले २९ सांसद, नेपाली कांग्रेस २७ सांसद, नेकपा सभामुखसहित १३ सांसद, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सांसद, जनमत पार्टी ३ सांसद, जनता समाजवादी पार्टी नेपाल २ सांसद, लोकतान्त्रिक समाजवादी पार्टी २ सांसद, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र गरि १–१ सांसद छन् ।
नयाँ समीकरणअनुसार सरकारलाई बहुमत पु¥याउन एमाले र नेकपाले साना दल वा स्वतन्त्र सांसदको साथ लिनुपर्ने बाध्यता छ। मन्त्रीहरूको राजीनामा आउने जानकारी प्राप्त भएसँगै अब केन्द्रको निर्देशनअनुसार सरकार पुनर्गठनको प्रक्रिया सुरु भएको बताएको मुख्यमन्त्री चेतनारायण आचार्यले जनाएका छन् । मुख्यमन्त्री आचार्यले हाल सरकारमै खेलकुद मन्त्रीका रूपमा रहेका लोसपालाई पनि नयाँ सत्ता सहकार्यमा साथमै राखेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए ।
समाचार श्रोतका अनुसार, पुर्वमुख्य मन्त्री डिल्लीबहादुर चौधरी बर्तमान नेपाली काँग्रेस सभापती गगन थापा पक्षधर नभएकाले मुख्यमन्त्रीकालागि समर्थन नपाउने संभावना रहेकालेपनि चौधरीले आफ्नो नेतृत्वमा सरकार गठन तथा अन्य दलहरुसँग सहकार्यको प्रयास गरेनन् ।








प्रतिकृया दिनुहोस्