पर्यटनमैत्री बातावरण तथा संरचना तयार पार्ने फैजको योजना


भैरहवा–नेपाली कम्युनिस्ट पार्टीबाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार फैज अहमद खाँनले यस क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै लुम्बिनी केन्द्रित विशेष योजना अघि सारेका छन् ।
उनले भैरहवाबाट करिब २१ किलोमिटर टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनी आसपासका क्षेत्रहरुलाई थप सुन्दरीकरण गरी पर्यटकलाई लामो समयसम्म बस्न प्रेरित गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चुनावी भेटघाटका क्रममा बोल्दै खानले लुम्बिनीको प्रवेशद्वारलाई आकर्षक र व्यवस्थित बनाउने योजना रहेको बताए । ‘लुम्बिनी विश्वका करोडौँ बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो’ उनले भने, ‘याँहा आउने पर्यटकहरुको पहिलो नजर भैरहवा नाकामा रहेको नेपाल प्रवेशद्वारमैं पर्ने भएकाले त्यसलाई त्यसलाई अन्तर्राष्ट्रियस्तरको बनाइनेछ ।’
उनका अनुसार, सुनौली–बेलहिया नाकाबाट नेपाल प्रवेश गर्नासाथ सिमावर्ती क्षेत्र, भैरहवा, लुम्बिनी जाने सडक किनारा र आसपासका सडक, सरसफाइ, हरियाली र आधारभूत पूर्वाधार सुधार गरी पर्यटकमैत्री वातावरण निर्माण गरिनेछ । स्थानीय व्यवसाय, होटल तथा हस्तकला क्षेत्रलाई पर्यटनसँग जोडेर उद्यमशिलता सहितको रोजगारी सिर्जना गर्ने उनको योजना छ ।
‘विगतमा धेरैलाई जिताएर उनिहरुलाई अवसरपनि दिनु भयो, अब यस चुनाबमा मलाइ दिनुस’ मतदाता समक्ष उनले भने, ‘मैले गरेर देखाउने छु ।’ रुपन्देही–३ को मुहार फेर्ने गरी काम गर्ने दृढ संकल्पका साथ आँफु चसनावी मैदानमा आएको उनले बताए । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक गतिविधि बढाई समग्र क्षेत्रको विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे ।
पर्यटनमार्फत् रुपन्देही–३ को विकास सम्भव: नेकपा उम्मेदवार खाँन
रूपन्देहीलाई कृषि उत्पादन केन्द्र बनाउन लागिपर्छुः नेकपा उम्मेदवार फैज
माओवादी आन्दोलनका कारण ईद र बकर ईदमा बिदाः नेकपा उम्मेदवार खाँन
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भूमिका खेल्छुः फैज
युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता
रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड
भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन
सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान








प्रतिकृया दिनुहोस्