June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

कांग्रेस उम्मेदवार आशुतोष मिश्रको घरदैलोमा जनसमर्थन बढ्दो

Advertisement

भैरहवा– रुपन्देही–४ का नेकपाली कांग्रेस उम्मेदवार आशुतोष मिश्रको पक्षमा जनसमर्थन बढ्दो देखिएको छ । रुपन्देहीको मर्चवारका स्थानीय बासिन्दा मिश्रको पक्षमा आयोजना गरिने घरदैलो र कोणसभामा स्वःस्फुर्त सहभागिता बृद्धि भइरहेको हो । यसले पहिलोपटक रुपन्देही–४ बाट उम्मेदवार बनेका मिश्र उत्साहित छन् ।

Advertisement

कांग्रेस सभापति गगनकुमार थापाको सिद्धान्त र नीति बोकेर मैदानमा उत्रिएका मिश्रले स्थानीयलाई आश्वासन बाँड्ने भन्दा मर्चवारका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर बुझाउने गरेका छन् । उनले यसअघि स्थानीय, प्रदेश र संघीय सरकारले विकासका काम गरे पनि ती दिगो हुन नसकेको बताइरहेका छन् । मर्चवारका सममस्या हल गर्न नयाँ जग हाल्नु पर्ने उनको भनाई छ ।

मर्चवारका तीन पालिकामा घरदैलो पूरा गरेर उनी केही दिनदेखि उत्तरका मायादेवी, सियारी, शुद्धोधन, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडामा केन्द्रित छन् । प्रचारका क्रममा अरुको आलोचना भन्दा बदलिएको कांग्रेस र उसले बोकेका मुलुक परिवर्तनका एजेण्डाबारे बुझाएर भोट मागिरहेका छन् । शान्त स्वभावका मिश्र धेरै बोल्ने भन्दा मतदाताका कुरा सुनेर प्रतिउत्तर दिन माहिर छन् । ग्रामीण समस्या बुझेका व्यक्ति भएकाले युवाको भावना समेटेर कसरी शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको विकास गर्न सकिन्छ भनेर व्याख्या गर्दै आएका छन् ।

गाउँका किशोरकिशोरी सित छलफल गरेर उनीहरुको शिक्षा, अध्ययनका क्रममा भोग्नु परेका समस्याबारे बुझ्ने गरेका छन् । साथै पढाईका लागि आर्थिक अभाव भएका युवालाई आफ्नो फोन नम्बर दिएर चुनावपछि सम्पर्क गर्न भनिरहेका छन् । आफूले चुुनाव जिते पनि नजिते पनि आफ्नो क्षेत्रका बालबालिका र किशोरकिशोरीले गुणस्तरीय शिक्षा पाउनु पर्नेमा उनको जोड छ । साथैं आर्थिक अभावका कारण कसैको पढाई टुटेको भए, त्यस्ता विद्यार्थीलाई सघाउन तयार रहेको बताए ।

जनताले अवसर दिएपछि स्थानीयको चाहना अनुसारका काम गर्न नसकेको खण्डमा अर्कोपटक घरदैलोमा नआउने बताइरहेका छन् । ‘म मन्त्री बन्नको लागि चुनाव लडेको होइन, सांसद बन्नका लागि चुनाव लडेको हुँ,’ उनले भने, ‘हाम्रो पार्टीको सरकार बन्यो भने नेताहरुलाई विश्वासमा लिएर भए पनि निर्वाचन क्षेत्रको बिकास गर्नेछु । म झुठो पनि बोल्दिनँ । भोली चुनाव जितिसकेपछि बदमासी पनि गर्दिनँ । गरिबी हटाउने मेरो प्रण र प्रतिवद्धता हो ।’ उनको यही मिठास शैलीले जनसमर्थन बढीरहेको काँग्रेस स्थानीय नेताहरु बताउँछन् ।

मर्चवारमा आशुतोष मिश्र नै किन ?

मर्चवारभरी सिंचाई सुविधा पुर्‍याएर कृषकको जीवनस्तर उकास्छुः कांग्रेस उम्मेदवार मिश्र

क्षेत्र नम्बर ४ मा पर्यटनको अथाहा सम्भावना छ, आर्थिक विकाससँग जोड्छुः मिश्र

आफ्नै बलबुतामा जनमत बटुली रहेका छन् काँग्रेस रूपन्देही–४ उम्मेदवार मिश्र

मर्चवार विकासका लागि नयाँ जग हाल्न जरुरी छः कांग्रेस उम्मेदवार मिश्र

विशेषज्ञ सेवासहितको अस्पाल निर्माण मेरो प्राथमिकताः कांग्रेस उम्मेदवार मिश्र

रूपन्देही–४ का कांग्रेस उम्मेदवार मिश्र विकासका एजेण्डासहित घरदैलोमा

व्यवस्थित बसोबास र पूर्वाधार विकासमा काँग्रेस उम्मेदवार मिश्राको जोड

मर्चवारको हराभरा जमिनमा सिंचाईंको प्रवन्ध मुख्य एजेण्डाः कांग्रेस उम्मेदवार मिश्रा

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै