जेनजीदेखि सुकुम्बासी, उद्योगी–व्यवसायीदेखि अन्य दलको साथले जित निकाल्ने दाउमा चुन्नप्रसाद


बुटवल– उद्योग–व्यवसायबाट हजारौंलाई रोजगारी दिएका, मुलुकको अर्थतन्त्रलाई माथि उकास्न टेवा पुर्याइरहेका छन्, चुन्नप्रसाद शर्मा पौडेलले । बुटवल निबासी पौडेलले साँच्चै भन्ने हो आर्थिक क्रान्ति नै गरेका छन् । रोजगारी सिर्जना गरेर हजारौं परिवारको साँझविहानको छाक टार्ने बाटो बनाइदिएका छन्, त्यो भन्दा बढी उनी आबद्ध उद्योगले तिर्ने करले हाम्रो विकास निर्माणमा इँटा थपिदिएको छ । यसैले होला मुलुकमा चुन्नप्रसाद भन्दावित्तिकै धेरैले उनको संघर्षको कथा सम्झिन्छन् । कुनै समय शिक्षण पेसामा आवब चुन्नप्रसाद विस्तारै व्यवसायमा होमिए । सँगै राजनीतिलाई पनि इमान्दारीपूर्वक अगाडि बढाए । यही कारण नेपाली काँग्रेसले चुन्नप्रसादलाई रुपन्देही–२ को उम्मेदवार बनायो ।
पौडेल काँग्रेसबाट उम्मेदवार बनेपछि उनको पक्षमा जनलहर देखिएको छ । बुटवल काँग्रेस एकजुट भएको मात्रै छैन, उद्योगी, व्यवसायी, मजदूर, विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि र जेनजी युवाहरुको लहर नै लागेर समर्थन जुटिरहेको छ । जसले गर्दा काँग्रेस निकै उत्साहित छ । काँग्रेस केन्द्रको प्रक्षपण पनि यसपटक यो क्षेत्र चुन्नप्रसादले जित्ने आँकलन छ ।
सैनामैनामा फेरिएको परिदृष्य
हरेक निर्वाचनमा सैनामैना जीतहारको निर्णायक बन्दै आएको छ । सैनामैनाका १ देखि ४ वटा वडा रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा पर्छन् । यही चारवटा वडाको मतले रुपन्देही २ का उम्मेदवारलाई जीतहारको निर्णायक बनाउँदै आएको छ । सुकुम्वासीको बहुल क्षेत्र रहेको चारवटै वडामा करिव २६ हजार मतदाता छन् । त्यसमध्ये ७० प्रतिशत मतदान भयो भने सैनामैनाबाट करिव १७ हजार मत खस्छ । त्यसमध्ये १० हजार मत कुनै एक उम्मेदवारको पक्षमा पर्यो भने सैनामैना निर्णायक बन्छ ।
यसपटक सैनामैनाको परिदृष्य फेरिएको छ । यसअघिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन नपाएका नेपाली कांग्रेसका मतदाता यसपटक चुन्नप्रसाद पौडेललाई जिताउन ब्याकुल छन् । घरदैलोको क्रममा चुन्नप्रसाद पौडेलको सादगी जीवनशैलीबाट प्रभावित हुनेहरु पनि छन् । जसका कारण सैनामैनाबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर समेत चलेको छ । यसबाट चुन्न पौडेलको पक्षमा माहोल बन्दै गएको स्थानीयहरु बताउँछन् ।
सैनामैना वडा नंं. ४ का माओवादीका पूर्व नेता तथा पूर्व प्रहरी संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेकपाका प्रदेश सल्लाहकार हरिहर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन । सैनामैनाका पुराना बासिन्दा समेत रहेका भट्टराई तत्कालीन माओवादीका कुशल संगठक हुन् । उनको कांग्रेसमा प्रवेशले माओवादीलाई नेपाली कम्युनिष्ट पार्टीमा बिलय गराएपछि भौतारिकएका माओबादीका नेता कार्यकर्ता भट्टराईसँगै कांग्रेसको पक्षमा खुलेका छन । सैनामैनाका चारवटा वडामा मात्रै पूर्व माओवादी संगठनको आठ हजार मत रहेको बताइन्छ । त्यसमध्ये चार हजार मत कांग्रेसको पक्षमा आएको अवस्थामा मात्रै पनि रुपन्देही २ बाट चुन्नको जीत निश्चित छ ।
त्यसअघि पनि चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार सहितको घरदैलोमा सैनामैनाबाट करिव दुईसय युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सैनामैनाका युवाहरुको प्रवेशले नेपाली काँग्रेसको पक्षमा माहौल बनेको सैनामैना वडा नं. ४ का कांग्रेसका क्रियाशील सदस्य दुर्गा शर्माको भनाई छ । नेपाली कांग्रेस सैनामैना ४ का वडा सभापति जगन्नाथ गौतम माओवादीका पूर्व नेता हालका नेकपाका प्रदेश सल्लाहकार भट्टराईको कांग्रेस प्रवेशले नेपाली कांग्रेस जीतको अझै नजिक पुगेको बताउँछन् ।
सैनामैनाका मतदातासमक्ष चुन्न पौडेलले कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, खानेपानी, सिंचाइ र डुबान समस्या समाधानमा जोड, कृषि, उद्योग र रोजगारीमा जोड दिँदै एक घर १ रोजगारी अभियान, पूर्वाधार विकासमा प्रतिबद्धता जाहेर गरेकोले पौडेलप्रति सैनामैनाका मतदाता आकर्षित भएका छन् ।
रुपन्देही–२ यस अगाडि पटक पटक एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जित्दै आएको निर्वाचन क्षेत्र हो । २०७९ मा भएको निर्वाचनमा एमालेका पौडेलले झिनो मतले मात्रै विजय हासिल गरेका थिए । पौडेलले लगातार जीत हासिल गर्दै गए पनि सैनामैनाका अधिकांश सडक कच्ची छन् । पिच भएका सडक पनि मर्मत सम्भार नभएका कारण जीर्ण बन्दै गएका छन । यहाँको मसिनो समस्यामा बिष्णु पौडेलले ध्यान नदिएको मतदाताको गुनासो छ । त्यही भएर नेकपा एमालेका मतदाता समेत पुराना पौडेललाई छोडेर नयाँ पौडेललाई रोज्ने पक्षमा देखिएका छन् ।
अर्कोतर्फ यो निर्वाचनमा विगतको भन्दा फरक परिदृष्य छ । २०७९ को निर्वाचनमा कांग्रेले अन्य दलहरुसंग गठबन्धन गरेको कारण कांग्रेस मतदाताले आफ्ना उम्मेदवारलाई भोट दिन पाएनन् । आफ्नो पार्टीलाई रोज्न नपाउँदाको परिणाम कांग्रेस मतदाताले राम्रोसंग बुझेका छन् । तसर्थ पनि यसपटक कांग्रेसको मत रुख बाहेक अन्यत्र जाने संभावना छैन भने अरु पार्टीको मत पनि नयाँ उम्मेदवार भएकोले परिक्षणकै क्रममा चुन्नप्रसाद पौडेललाई जाने देखिएकोले सैनामैनाले चुन्नप्रसाद पौडेललाई जिताउन सवैभन्दा धेरै भूमिका खेल्ने यहाँ विश्लेषण हुने गरेको छ ।
राप्रपाको साथ
रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई समर्थन गरेको क्षेत्रको निर्णय नै पार्टीको आधिकारिक निर्णय भएको राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले प्रष्ट गरेका छन् । उनले सोमबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै रुपन्देही २ मा पार्टीको आफ्नै उम्मेदवार नभएको अवस्थामा क्षेत्रीय समितिको बैठकले पार्टीको सिद्धान्त र वैचारिक भिन्नता भए पनि पार्टीले बोकेका मुद्धामा नेपाली काँग्रेसंग नजिक रहेकाले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने निर्णय सहि भएको बताएका हुन् ।
रुपन्देही २ मा काँग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेसँगै राप्रपा भित्र मत भिन्नता देखिए पनि आफ्नो उम्मेदवार नभएको अवस्थामा क्षेत्रीय समितिले गरेको निर्णयमा अविचलित रहन उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । जिल्ला अध्यक्षले क्षेत्रीय अध्यक्षलाई कारवाही गर्ने विषय पार्टीको विधान विपरित रहेको भन्दै उनले कारवाहीको निर्णय फिर्ता गरेर संवादको वातावरण बनाउन समेत आग्रह गरे । प्रदेश अध्यक्ष उदयले जिल्ला अध्यक्षले क्षेत्रीय अध्यक्षलाई विना आधार र प्रमाण लाञ्छना लगाएको बताउँदै क्षेत्रले गरेको निर्णयका विरुद्ध लाग्दा उस्तै खालको लाञ्छना आफूलाई पनि लाग्न सक्नेतर्फ सचेत गराए ।
उद्योगी–व्यवसायीहरूको अपिल
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका चुन्नप्रसाद शर्मा पौडेललाई मत दिन उद्योगी–व्यवसायीहरूले आग्रह गरेका छन् ।
काँग्रेसको उद्योगी–व्यवसायी परिचालन उपसमितिका संयोजक हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई व्यक्तिको प्रतिष्ठाभन्दा पनि देश रुपान्तरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ ।
विज्ञप्तिमा राजनीति आय–आर्जनको माध्यम नभई जनसेवाको अवसर भएको उल्लेख गर्दै निजी क्षेत्रप्रति काँग्रेसको विश्वासलाई मतमा परिणत गर्ने समय आएको जनाइएको छ ।
उम्मेदवार पौडेलले उद्योग–व्यवसाय तथा समग्र विकाससँग सम्बन्धित विभिन्न प्रतिबद्धता अघि सारेका छन् । कर तथा राजश्व कानुन सुधार गरी आयकर छुट सीमा १० लाख रुपैयाँसम्म पुर्याउने, विभिन्न शीर्षकमा लिइने करलाई एकीकृत गर्ने र भिसिटिएस तथा ई–बिलिङ प्रणालीलाई एउटै सफ्टवेयरमा समेटेर सरल बनाउने प्रतिवद्धता जनाइएको छ ।
यस्तै, सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण तथा खरिद प्रक्रिया सहज र पारदर्शी बनाउने, बुटवल औद्योगिक क्षेत्र विस्तार गर्ने तथा मोतिपुर औद्योगिक क्षेत्र स्थानीय सरकारसँगको समन्वयमा सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ ।
स्वास्थ्य क्षेत्रतर्फ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार गर्ने र बुटवल मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । साथै कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, रोजगारी सृजना, भूमिहीन व्यवस्थापन, चुरे संरक्षण, नदी तटबन्ध, सडक तथा खेल पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार र झुम्सा खानेपानी आयोजना सम्पन्न गर्ने योजनासमेत समेटिएका छन् ।
विज्ञप्तिमा काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल जनतासँग नजिक रहेर काम गर्ने नेतृत्वका रूपमा प्रस्तुत हुँदै कानुन निर्माण र विकासका एजेन्डा कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । उद्योगी–व्यवसायी परिचालन उपसमितिले सम्पूर्ण उद्योगी–व्यवसायी समुदायलाई सक्रिय सहभागिताका साथ मतदान गर्न आग्रह गरेको छ ।
बलियो काँग्रेस
यो क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसले जितेको छ । जसले गर्दा यसपटकको निर्वाचन पौडेललाई निकै सहज भएको छ । यी पालिकामा काँग्रेस प्रतिनिधिले राम्रो काम गरेको, उम्मेदवार आफै शालीन, योग्य र विकासमुखी भएकाले पनि काँग्रेस हौसिएको छ ।
जेनजीको साथ
निर्वाचनको दौडमा चुन्नप्रसादलाई जेनजी आन्दोलनमा अग्रणी भागमा उभिएका सयौं जेनजी युवाहरुले साथ दिएका छन् । कयौं जेनजी युवाहरु काँग्रेस प्रवेश गरेका छन् । यसले पनि युवाहरुमाझ चुन्नप्रसाद लोकप्रिय भएको पुष्टि हुन्छ ।
रणनीतिक योजना
चुन्नले निर्वाचनमा होमिँदै गर्दा आकर्षक योजना अघि सारेका छन् । बुटवललाई आर्थिक केन्द्र बनाउने, शैक्षिक हब बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने, रोजगारी सिर्जना गर्ने, महिला, जेष्ठ नागरिक, पीछडा वर्गको उत्थान, युवा लक्षित कार्यक्रम, मेडिकल कलेज निर्माण, सडक लगायत अन्य पूर्वाकार विकासका स्पष्ट खाका ल्याएका छन् । जसले गर्दा यहाँका मतदाता उनको साथमा धेरै देखिएका छन् ।
कांग्रेस उम्मेदवार पौडेलका शिक्षा र स्वास्थ्यमा ‘रुपान्तरणकारी’ योजना
बुटवलको ‘आर्थिक कमाण्डर’ बन्ने दौडमा कांग्रेस उम्मेदवार पौडेल
काँग्रेस उम्मेदवार चुन्नप्रसाद, जसले दिएका छन् ५ हजार बढीलाई रोजगारी
रूपन्देही–२ मा जेनजी युवाहरूको रोजाईमा काँग्रेस उम्मेदवार चुन्नप्रसाद
रूपन्देही–२ मा चुन्न पौडेलको विकल्प छैनः रूपन्देहीका बुद्धीजीवी
बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्
मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड
रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक








लेखकको सम्वन्धमा