June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

मतदाताको समर्थनले चुन्न पौडेललाई बढायो हौसला

Advertisement

भैरहवा– मतदाताको समर्थन बृद्धि भएपछि रुपन्देही क्षेत्र नम्बर २ बाट फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलको आत्मविश्वास र हौसला उच्च भएको छ ।

Advertisement

पछिल्लोपटक प्रचारप्रसारमा स्वःस्फूर्त जनसहभागिता बढ्न थालेपछि पौडेल उत्साहित बनेका छन् । दिन प्रतिदिन नागरिक सहभागिता बढ्न थालेपछि काँग्रेसको जीत सुनिश्चित हुँदै गएको पार्टीले जनाएको छ ।

पौडेलले अहिले बुटवल उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडामा घरदैलो, भेटघाटका क्रममा उनले आफ्ना मुद्दा मतदाता समक्ष राख्ने र उनीहरुका गुनासा, दुखेसा सुन्ने गरेका छन् । यस क्रममा मतदाताले बुटवलको विकासका लागि नयाँ नेता चाहिएको र यसअघि विकासका उधारा गफ सुन्दासुन्दैं दिक्क भइसकेको बताउने गरेका छन् । पौडेलले गर्ने घरदैलो सयौँंको उपस्थितिमा हुने गरेको छ । यसले बुटवलको चुनावी रौनक बढाएको छ ।

घरदैलोमा पहिरो र सुकुम्बासी समस्यामा समाधान गरिदिन मतदाताले आग्रह गर्दै आएका छन् । बुटवलमा सुकुम्बासीलाई वर्षौदेखि भोट बैंकका रुपमा उपयोग गरिँदै आएको छ । उनीहरुका समस्या हल गरिएका छैनन् । उम्मेदवार पौडेलले मतदाताको गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हुने उनको भनाई छ । घरदैलो कार्यक्रममा रहेका प्रत्यक्ष तर्फका उम्मेदवार पौडेल सहित समानुपातिक उम्मेदवार रिता सेन ओली मतदाताको समस्या सुन्नेदेखि ज्येष्ठ नागरिकको आशीर्वाद थाप्नमा व्यस्त छन् । दुवैजना उम्मेदवारले घरदैलो अभियानमा बुटवलका विभिन्न वडामा सक्रिय सहभागिता जनाएका छन् ।

बुटवलका मतदाताले विशेषगरी वर्षायाममा देखिने पहिरोको जोखिम, अव्यवस्थित बस्ती, सुकुम्बासी व्यवस्थापन, सडक र ढल निकासका समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।

‘हामी चुनाव जित्न मात्र होइन, दीर्घकालीन रुपमा समस्या समाधानका लागि आएका हौं,’ पौडेलले भने, ‘पहिरो नियन्त्रण, सुरक्षित बस्ती निर्माण र सुकुम्बासी समस्याको कानुनी समाधानका लागि संघीय तहबाट पहल गर्ने प्रतिवद्वता जनाउँछु । ‘बुटवललाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त सहर बनाउन स्पष्ट योजना लिएर अघि बढेका छौं ।’ त्यसका लागि रुख चिन्हमा मतदान गरेर बिजयी बनाउनु पर्ने उनले बताए ।

पहिलो पटक चुनावी मैदानमा उत्रिएका उद्योगपति शर्मासँग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित छन् भने उद्योगी तथा व्यवसायीलाई आफ्नै उम्मेदवार पाएकोमा आफू नै उम्मेदवार भएको जस्तै खुसी देखिएका छन् । उम्मेदवार शर्माले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना रहेको बताए । त्यसैगरी तिलोत्तमा, सैनामैनालाई आधुनिक सहरको रुपमा विकास गर्ने, मोतिपुर सहितका ग्रामीण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा अघि बढाउने योजना उनले बनाएका छन् ।

काँग्रेस उम्मेदवार चुन्नप्रसाद, जसले दिएका छन् ५ हजार बढीलाई रोजगारी

रूपन्देही–२ मा जेनजी युवाहरूको रोजाईमा काँग्रेस उम्मेदवार चुन्नप्रसाद

रूपन्देही–२ मा चुन्न पौडेलको विकल्प छैनः रूपन्देहीका बुद्धीजीवी

बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्

मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड

चुनाज जित्न चुन्न पौडेलद्वारा ‘नयाँ गेम प्लान’

रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक