बुटवलको ‘आर्थिक कमाण्डर’ बन्ने दौडमा कांग्रेस उम्मेदवार पौडेल


भैरहववा–रुपन्देही क्षेत्र नम्बर–२ मा यसपटक चुनावी रौनक विगतको भन्दा फरक र उत्साहजनक देखिएको छ । वर्षौँदेखि एउटै शक्ति र अनुहारलाई जिताउँदै आएका बुटवलवासी ‘परिवर्तनको संवाहक’को खोजीमा छन । यसपटक त्यसको विकल्पका रुपमा कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेल उदाएका छन् ।
व्यावसायिक पृष्ठभूमिका पौडेल बुटवल उपमहानगर र आसपासका बस्तीमा घरदैलोमा व्यस्त छन् । उनको अभियानमा देखिएको जनलहर र नयाँ पुस्ताको आकर्षणले रुपन्देही–२ मा कांग्रेसको ‘कमब्याक’ हुने संकेत देखिएको छ । यस पटक युवा र नयाँ मतदाताको पौडेलप्रति भरोसा देखिएको छ । प्रविधिप्रेमी र आधुनिक सोच राख्ने ‘जेन–जी’ पुस्ताले पौडेलको व्यावसायिक दूरदृष्टिलाई मन पराएका छन् ।
‘हामीलाई चर्को भाषण गर्ने नेता होइन, बुटवललाई आर्थिक रूपमा चलायमान बनाउन सक्ने ‘म्यानेजर’ चाहिएको छ,’ बुटवलका एक युवाले भने, ‘बाहिर हल्ला गरेको जस्तो माहोल छैन । यसपटक चुन्न पौडेलको क्रेज छ ।’ पौडेलले सार्वजनिक गरेका प्रतिवद्धतामा युवा सशक्तिकरण र डिजिटल रोजगारीका एजेन्डाले गर्दा पौडेलको पक्षमा युवाको अपार समर्थन देखिएको छ ।
पौडेल आफैँ सफल व्यवसायी हुन् । त्यसैले नारामा मात्र होइन, व्यवहारमै बुटवललाई प्रमुख व्यापारिक केन्द्र बनाउने रोडम्याप अघि सारेका छन् । उनको योजना अनुसार बुटवललाई व्यवस्थित सडक, हरियाली र प्रविधियुक्त ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्ने, उद्योगी–व्यवसायीका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने, अलपत्र अवस्थामा रहेका ठूला आयोजनालाई समयमै सम्पन्न गरी बुटवलको साख फर्काउने योजना अघि सारेका छन् ।








प्रतिकृया दिनुहोस्