August 23, 2026, Sunday
२०८३ भाद्र ८ सोमबार

हर्मुजमा इरानविरुद्ध ‘भीषण’ हमला

Advertisement

हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानविरुद्ध “भीषण” हवाई आक्रमण गरेको छ।

Advertisement

जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको हो।’

यसैबिच इरानका उपविदेशमन्त्रीले आक्रमणलाई गत महिना अमेरिका-इरानबिच भएको शान्ति सम्झौताको उल्लंघन भनेका छन्।

उनले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘यसविरुद्ध इरानले निर्णायक कारबाही गर्नेछ।’

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमण केस्म टापु, बन्दर अब्बास र सिरिकमा गरिएका हुन्।