August 23, 2026, Sunday
२०८३ भाद्र ८ सोमबार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली

Advertisement

नेपालगन्ज–नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् ।

Advertisement

उक्त संघको शनिबार सम्पन्न निर्वाचनबाट निकटतम प्रतिष्पर्धी ध्रुवप्रसाद दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् । ओलीले १ हजार ३८६ मत प्राप्त गरेका थिए । भने दाहालले ३७४ मत प्राप्त गरेका थिए ।

महिला उपाध्यक्षमा रुपा ओझा (सानु) १ हजार १६६ मत प्राप्त गरी विजयी भएकी छन् । उनको प्रतिष्पर्धी उमा ग्रान्डनले ५०३ मत प्राप्त गरेकी थिइन् । महासचिवमा विष्णु श्रेष्ठले १ हजार २८७ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरेका थिए ।

उपमहासचिवमा प्रदीप आचार्य ८६४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिष्पर्धी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी सूर्य श्रेष्ठले ५९८ प्राप्त गरेका थिए ।

दस जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनबाट सन्तोषकुमार पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, शरदराज अधिकारी, नगेन्द्र शाही, आदित्य गुप्ता, जहाँगिर मुसलमान, शरदप्रसाद रिजाल, सुरजबहादुर भण्डारी र अतुलकुमार गुप्ता निर्वाचित भएका छन् ।

संघको उद्योगतर्फको उपाध्यक्षमा कमलकुमार कार्की र वाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ निर्वाचनअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा पनि निर्विरोध निर्वाचित भएका थिए ।