छोराको हत्या भएको खबर पाएपछि आमाले गरिन् आत्महत्या


भैरहवा– दाङमा एक महिला मृत फेला परेकी छन् । काठमाडौँको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई दुईजना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । काठमाडौं–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन् ।
छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले प्राण त्यागेकी छिन् । छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुन्डेको अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा.हेम केसीले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । वसन्तको हत्यामा संलग्न आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेल र सोही ठाउँ भएका शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । वसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए ।








प्रतिकृया दिनुहोस्