September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

अध्यक्ष ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे रामकुमारीको कटाक्ष

Advertisement

भैरहवा– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे उनले कटाक्ष गरेकी छन् ।

Advertisement

‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् ।

सँगै, जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको समेत उल्लेख गरेकी छन् ।
उनको यस्तो स्टाटसको काउन्टररमा एमालेका युवा नेताहरूले प्रतिक्रिया लेखिरहेका छन् ।