गणतन्त्रको रक्षा र संस्थागत गर्न सबैपक्ष एकताबद्ध हुनुपर्छः मुख्यमन्त्री आचार्य
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए छन् । १९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष,...





