July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

गणतन्त्र दिवसको अवसरमा प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाई

Advertisement

दाङ– गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई गरेको छ ।

Advertisement

प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका क्षेत्रमा बिहीबार बिहान सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।