May 29, 2026, Friday
२०८३ जेष्ठ १५ शुक्रबार

सरकाले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट

Advertisement

भैरहवा – संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

Advertisement

शुक्रबार संघीय संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् ।

पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । राजस्व १४ खर्ब ४ अर्बको रहने उनले बताएका छन् । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उनले बताएका छन् । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।