August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

दाङमा जेसिबीले फालेको बालुवामा पुरिएर मजदूरको मृत्यु

Advertisement

दाङ– जेसिबीले फालेको बालुवाले पुरिएर दाङमा एकजनाको मृत्यु भएको छ । कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा गढवा गाउँपालिका –२ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यादवले काम गरिरहेको भन्ने थाहा नपाएर जेसीबी चालकले बालुवा फालेका थिए । बालुवाले पुरिएर गम्भीर घाइते भएका यादवको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा जेसिबीले फालेको बालुवामा शनिबार बिहान यादव पुरिएका थिए। उनी पनि यही प्लान्टमा काम गर्ने मजदुर हुन्।

घटनापछि जेसिबी र चालक अनिलकुमार थारुलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।