May 28, 2026, Thursday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटक लोभ्याउँदै भैरहवा गार्डेन रिसोर्ट

Advertisement

भैरहवा– सिद्धार्थनगर नगरपालिका–५, स्थित भैरहवा गार्डेन रिसोर्ट आन्तरिक र बाह्य पर्यटकको रोजाइँ बनेको छ । सिमावर्ती सहर सिद्धार्थनगरको मुटुमा रहेको रिसोर्टमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विदेशीसँगै स्वदेशी पर्यटक भरिभराउ हुने गरेका छन् । सहरको मध्य क्षेत्रमा रहेको रिसोर्ट शान्त र आकर्षक छ ।

Advertisement

पर्यटकका लागि आवश्यक सबैं सुविधा उपलब्ध रहेको रिसोर्टमा भारतीय आकर्षित गर्न क्यासिनो समेत सञ्चालनमा छ । सहरको बीचमा भए पनि कोलाहल छैन । त्यसैले पारिवारिक भ्रमणमा आउनेले पनि यसलाई रुचाएका छन् । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिले सञ्चालन गरेको रिसोर्ट भएकाले पाहुना आकर्षित गर्न आवश्यक सम्पूर्ण कुरा यहाँ छन् । रिसोर्टले पर्यटकलाई आरामदायी र विश्वसनीय सेवा प्रदान गरिरहेको छ ।

कार्यक्रम सञ्चालनका लागि सेमिनार हलसँगै गर्मी छल्न पौडी पोखरीे छ । जीम, स्पा र ज्याकुजी सेवा उपलब्ध छन् । अहिले पनि रिसोर्टमा विदेशी तथा आन्तरिक पर्यटकको भीड छ । भैरहवाबाट २२ किलोमिटर दूरीमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटक अहिले यही रिसोर्टमा आइरहेका छन् । शान्त, सुरक्षित र आरामदायी वातावरण भएकाले उनीहरु दोहोर्याएर आउने गरेका छन् ।

स्वदेशी बाहेक रिसोर्टमा मलेसिया, सिंगपुर, म्यानमार, भियतनाम, श्रीलंका, भारत, थाइल्याड र चीनबाट पर्यटक आइरहेका छन् । रिसोर्टमा पर्यटकमैत्री व्यवहार, सरसफाइ, सुरक्षा व्यवस्था छ । रिसोर्टका अपरेशन तथा सेल्स प्रमुख सुधीर पोखरेलले स्थापनाकालदेखि रिसोर्टमा स्तरीय पर्यटक आइरहेको बताए ।

उनका अनुसार भारतमा रहेको बुद्ध सर्किट घुमेपछि बुद्ध धर्मावलम्बी लुम्बीनी आउने गरेका छन् । ‘लुम्बिनी घुम्न आउने कयौं पर्यटक भैरहवा गार्डेनमा आएर बस्ने गरेका छन्,’ उनले भने, ‘निराश हुनुपर्ने अवस्था छैन ।’ सिजनमा मात्र नभएर अफसिजनमा पनि पर्यटक आउने गरेको उनले बताए ।

रिसोर्टमा अहिले ७२ वटा कोठा छन् । ती मध्ये ४० प्रतिशत कोठा सधैं भरिभराउ हुने रिसोर्टले जनाएको छ । रिसोर्टमा अहिले स्वीट र डिलक्स रुम छन् । कोठमाहरु पाँच हजारदेखि चौध हजारसम्मका छन् । ‘जेठ, असार, साउन र भदौ महिना अफसिजन हो,’ रिसोर्टकी फ्रन्ट अफिस सुपरभाइजर रिया पुनले भनिन्, ‘यो समयमा हाम्रो टार्गेट आन्तरिक पर्यटक हुन । यद्यपी विदेशी पाहुनाहरु पनि आइराख्नुभएको छ ।’

उनका अनुसार असोजदेखि पर्यटकीय सिजन सुरु हुने गर्छ । त्यतिबेला तेस्रो मुलकबाट आउने पर्यटक केन्द्रित हुने गरेको उनले बताइन् । ‘हामीले पर्यटकलाई होलिष्टक एप्रोचबाट सेवा दिएका छौ,’ उनले भनिन्, ‘रेष्टुरेन्ट, बार, स्विमिङ पुल, जीम, पार्किङ सहितका सेवा उपलब्ध छन् ।’ रिसोर्टमा बुद्धसँग सम्बन्धित माला, झोला, किताव लगायत सामाग्री पनि राखिएको छ ।

सफा, प्रशस्त पार्किङ, सहरको मुख्य भागमा हुनु र पाहुनालाई गरिने सत्कारले गर्दा रिसोर्ट धेरैको रोजाईमा परेको हो । साउनादेखि विद्युतीय गाडी चार्जिङको सुविधा पनि होटलमै छ । यसले पर्यटकलाई थप सहजता भएको छ । ‘यहाँ आइसकेपछि धेरैजना भैरहवा आउँदा पुनः यही बस्न र रमाउन आउनुहुन्छ’, पुनले भनिन्, ‘पाहुनाको सत्कार, सेवा र सन्तुष्टि नै हाम्रो लक्ष्य हो ।’