मैले पुरस्कार किन पाएँ ?
कत्रो जोरजुलुम र महाभारतपछि बल्लतल्ल नाथे एउटा मामुली पुरस्कार के लमर्काएथेँ, के निहुँ पाऊँ कनिका बुकाऊँझैँ गरेर मान्छेले मलाई बधाई ज्ञापन गरे । तर, खुसियाली मनाउन मबाट फिलासुराको माग गर्ने वाञ्छनीय कार्यको साटो चियापसलदेखि दारुभट्टीसम्म र बाटाघाटादेखि हाटबजारसम्म नानाथरी अवाञ्छित...





