व्यासको प्यास


जब सत्यवतीले गोप्य सन्देश छ भनेर दूत पठाइन् व्यासको मुटु अलिक बढी नै धड्किन थाल्यो । ‘माताले किन बोलाइन् होला ?’ अलिक अगाडि उनका शान्तनु पट्टिका छोरा विचित्रवीर्य अर्थात् व्यासको सौतेला भाइको देहावसान हुँदा भएको क्रियाकाजमै सत्यवतीले अलिक छँटाएको कुरा गर्दै थिइन् ।
“शायद त्यसै सम्बन्धित कुरा पो हो कि ?”
राजकुमारको मृत्युको गह्रुँगो वेला भए पनि व्यासको कामुक आँखा तरुनीमै विधवा भएका दुई – अम्बिका र अम्बालिकामा परेको थियो । रोइरहेका थिए – तर व्यासलाई लाग्यो भित्रबाट आएको रुवाइ हैन । उसै पनि भीष्मले जबरजस्ती हरेर ल्याइदिएका दुई राजकुमारी । विचित्रवीर्यको नाम अनुसार काम हुन सकेन – उनको लामो फोक्सोको बिमारीले जीवनमा सधैं निराशा थियो । दुई जना भरभराउँदो यौवन घरमा अतृप्त भएर थुनिएका थिए । केवल रसिलो चुम्बन र ती उन्नत वक्षस्थलमा हात पुग्ने बित्तिकै फोक्सोले दम छोड्न खोज्थ्यो र उठ्न खोजेको नाग त्यत्तिकै लल्याकलुलुक भएर निहुरिन्थ्यो ।
अम्बिका र अम्बालिकाको जवानीले कुनै उचित उपचार पाएन । व्यासको आँखाबाट यो छिपेको थिएन । हुन त भाइबुहारी । यसरी आँखा लाउन नहुने हो । उसमाथि संयमी भनेर हल्ला पिटिएका ऋषि । तर के गर्नु – धोती भित्रको साँप अरूको जस्तै बिषालु फणा उठाइहाल्छ ।
माता सत्यवतीको वचन राख्नै पर्यो – अनि शायद दरबारको मीठो फल पनि चाख्नै पर्यो – यति सोचेर उनी हान्निएर गए हस्तिनापुर ।
“ममी, सब ठीक त छ ?” माता सत्यवतीलाई ढोगेर बोले ।
“यो काजु बदाम खाऊ बाबु । नास्ता यही हो । अनि मैले अस्ति तिमीलाई भनेको जस्तो…” सत्यवती अलिक लक्पकाइन् ।
“ओहो !” व्यासको हंसले ठाउँ छोड्यो – तर आनन्द उन्मादमा । “के यो उचित हुनेछ ममी ?”
“उचित अनुचितको कुरा हैन बाबु । यो जरूरी हो ।”
व्यासलाई काजु बदामको कुनै जरूरी थिएन । तै पनि छिटो छिटो बुक्याए । “हजुरको आज्ञा मान्नै पर्यो । जति वेला सम्झिनु हुन्छ सेवामा हाजिर हुन्छु ।”
“कति वेला ? आजै । नक्षत्र राम्रो छ । कामदेवको प्रभाव चन्द्रमामा परेको छ यो पूर्णिमाको रात । उसमाथि – मेरा दुवै बुहारीको रजस्वलाको बाह्रौं दिन हो आज । यसमा अब विलम्ब हुनुहुँदैन ।”
व्यासलाई आफ्नी माताको अगाडि अर्को किसिमको उत्तेजना भएको कुरा लुकाउन हम्मे परिरहेको थियो । हात जोडेर अलिक कामेर उभिए अलिक कोल्टे कोण पारेर ।
“जो आज्ञा माते !”
“विचित्रवीर्यको महलमा लैजान दासी बोलाउँछु । परिश्रमी! !” भन्दै तीन थपडी मारिन् ।
त्यसपछि जुन दृश्य देखे व्यासको संयम, ब्रह्मचर्य, र मातेको अगाडि हुनुपर्ने सम्मानबोध एकै पटक गुम भयो । परिश्रमी भनिने यी दासी कुनै राजकुमारी भन्दा कम सुन्दर, कामुक थिइनन् ।
सत्यवती बोलिन्, “व्यासलाई, अम्बालिकाको खोपीमा लैजाऊ दासी !” अनि व्यासलाई भनिन्, “यस बापत यी दासीलाई पनि उचित उपहार दिनू !”
व्यासको दिमाग रन्थनियो । मातेको बोली अलिक तिलस्मी हुन्छ उसै पनि । शायद यो अर्कै लुकेको सन्देश पो हो कि ? उनलाई अवसर हुन्थ्यो भने अम्बिका अम्बालिकाको साटो यिनै परिश्रमीसँग मोज गर्न मन थियो ।
दासी अघि लागिन् – छिनेको कम्मर, नितम्ब लच्काउँदै हाँसको चालमा तिनी हिंडिन् । यन्त्रवत् व्यासले पछ्याए । अम्बालिकाको खोपी आएपछि परिश्रमीले छड्के कामुक भावले उनलाई हेरिन् – शायद ईर्ष्यालु भाव पनि मिसिएको थियो ।
“भित्र पाल्नुहोस् ।” सहसा ढोका खोलेर व्यासलाई भित्र जान इशारा गरिन् । अनि धन्यवाद भन्न फर्किंदा ढोका बन्द भैसकेको थियो ।
आलिशान पलङमा अम्बालिका गुलाबी गाला, अलिक रसिला ठूला आँखा र अतीव लज्जा मिश्रण भाव पोखेर बसेकी थिइन् । व्यासको परिश्रमीले उचाइँमा लागेको तापक्रम चिसिन पाएन । तर उनको तपस्याले खारिएको तर यौनको अभावले खरिएको शरीर – सूर्यको रापले सुकेको बिरुवामा पानीको सिञ्चन भए जसरी रसाउन थाल्यो ।
दारी फरफराउन थाल्यो । ओठ कम्पित । शरीर झन्झानायो । यी सबै कुरा त अलिक सूक्ष्म थिए – तर अम्बालिकाको लाजले लोलाएका नजर व्यासको बलिष्ठ तिघ्राको बीचमा घटित उथलपुथलमा पुग्यो । रुग्ण राजकुमार विचित्रवीर्यले उनको कौमार्य कोट्याउन पनि सकेका थिएनन् । दमले सास्ती नदेको वेला बल्लबल्ल तिनका दुई उन्नत हिमालको न्यानो स्पर्श गर्थे बस त्यति नै । अम्बालिकालाई डर, लाज र अचम्मको उत्सुकताले एकै पटक छोप्यो । जबरजस्ती लाजको बाबजूद आँखा खोलेर व्यासको पुरुषत्वको प्रमाण जागेको हेर्ने रहर जाग्यो ।
व्यासको पनि उस्तै हालत । अम्बालिकाको पातलो वस्त्रबाट उनको जवानी छचल्किएर पोखिंदै थियो । बस उनको हातले त्यो रसपान गर्न आतुर भए । पलङमा आए । अम्बालिकाको गाला ओठमा दारीले पास्ने गरी बेतहास चुम्बन गर्न लागे । यो मामुली चुम्बन थिएन । उनको अन्वेषक ओठले अम्बालिकाको जहाँजहाँ चुम्थे त्यहाँत्यहाँ नीलो हुन्थ्यो । अँगालोमा निसासिने गरी कसेर अम्बालिकालाई हतार गरेर वस्त्र मुक्त गर्न लागे ।
“ऋषि वर ! याद गर्नुस् मेरो कौमार्य भङ्ग भएको छैन । मलाई असजिलो भैरहेछ ।” अम्बालिका बोलिन् ।
“प्यारी, मेरो पनि कौमार्य भङ्ग नभएको मान । आज म होशमा छुइनँ ।” व्यास साउती गरेको स्वरमा बरबराए ।
अम्बालिकालाई तयार हुने मौकै दिएनन् प्यासी व्यासले । राजकुमारीको अगाडि धोती फुकाल्दा एक पटक अलिक धक लागे पनि आफ्नो हातमा बर्सौंदेखि ब्रह्मचर्यले मलजल गरेको यन्त्र समातेर तिनी अम्बालिकाको नजिक आए ।
अम्बालिकाले लाजको मारे आँखा चिम्लिन् । खोल्ने मानिनन् । उनलाई पुरुषार्थ देखाउने मन थियो । तर अहँ राजकुमारी बलपूर्वक आँखा चिम्लेर लेटिरहिन् ।
व्यासले उनको सम्पूर्ण शरीर पग्लिने गरी सुमसुम्याए । उनको रंग चढ्यो । गुलाबी भइन् । असिनपसिन भइन् । थरथर भइन् । व्यासको हालत झन् नाजुक । व्यासको पसिना र चुम्बनको भिजेको छापले उनको शरीर मत्स्यकन्याको जस्तो चिप्लो हुन गयो । तै पनि उनको आँखा उघ्रेन । व्यासको होम गर्ने सुराले बलिष्ठ भएको हातले उनको कोमल मकालु गिजोल्यो । उनलाई दुख्यो – तर यो दुखाइ अर्कै थियो । यो दुखाइ उनलाई चाहिएको दुखाइ थियो ।
अहिलेसम्म सिंचाइ नपुगेको कन्दरा समेत रसायो उनको । तर निष्ठुरी अम्बालिका – अहँ आँखा भने खोलिनन् । व्यासले पर्खिन सकेनन् । अम्बालिकासँग अनुमति समेत लिए कामुक स्वरमा । शायद नयन खोलेर हेर्छिन् कि भन्ने आशामा । अम्बालिका बोलिन्, “अब नारोकिनुस् ऋषिवर – म कायल भैसकें । पाप लाग्ला अब पनि रोकिनुभयो भने ।”
यौटा सानो महाभारत युद्ध त त्यही पलङमा भयो । तर हिंसारहित । शायद थोरै उष्ण रगत बग्यो होला तर अम्बालिका पनि कुनै मन्त्र दोहोर्याए झैं सिसकारी भर्दै थिइन् । तर हे भगवान यिनलाई के भएको हो – आँखा भने मरिगए खोलिनन् ।
व्यास र अम्बालिका दुवै मानौं एउटै भीरबाट खसे । व्यासको नदीले अम्बालिकाको खडेरी खतम गर्यो । उनको चरम सुखको दौरान उनका आँखा झन् बलियो सँग बन्द भए । धेरै बेर अँगालोमा बाँधिए पछि व्यास अलग्गिए ।
त्यसपछि मात्रै अम्बालिकाको आँखा खुल्यो । अझै पनि लज्जाले बोझिलो नयन । सुन्दर नयन ।
केही बेर आँखा हेराहेर पछि व्यासको कामना फेरि मौलायो । तर अम्बालिका वस्त्र टिपेर लगाउन थालिन् ।
“बहिनी अम्बिका पर्खिरहेकी छिन् ।” अलिक रुष्ट भावले बोलिन् । “परिश्रमी..!” बोलाइन् दासीलाई ।
० ० ० ०
व्यास झसङ्ग भए । दासीलाई त बिर्सिसकेका रहेछन् । उस्तै मादक चाल र व्यंग्यात्मक कामुक नजर मार्दै दासी आइन् । व्यासको व्यक्तिगत क्षेत्रमा आँखा गाडेर हेरिन् । व्यासलाई झनै औडाहा भयो ।
दासीले उनलाई अर्को खोपीमा लगेर छोडिन् जहाँ झन्डै अम्बालिका जस्तै रूपकी अम्बिका थिइन् पलङमा ।
व्यासको भित्री गोरुले फेरि दाम्लो छिनायो । शायद यसपल्ट व्यास अलिक निर्मम भएर पेश आए । अम्बिकाको शरीरले उनलाई थाम्न मुश्किल पर्यो । अम्बिकाले आँखा त बन्द गरिनन् तर शायद पीडा वा डर मिश्रित आवेगले उनी पहेंलो भइन् वेला वेला । यो सुनामी पनि सकियो – व्यासको वर्षाको साथ ।
० ० ० ०
दासीले व्यासलाई सत्यवतीको महलमा पुर्याइन् । व्यासलाई भने उनको यावत सञ्चित ब्रह्मचर्य पूरा खर्चिन नपाएको जस्तो भैरहेथ्यो – विशेषगरी दासी परिश्रमीको उपस्थितिले ।
उनले भने, “माते, मलाई यस्तो लागिरहेछ – कि ती दुई राजकुमारी भने जस्तो गरी सिञ्चित भएनन् । रुग्ण राजकुमार जन्मिन सक्छन् ।”
सत्यवतीले व्यासको कर्के नजर देखिहालिन् । “पुत्र, मैले भनेकै छु दासी परिश्रमीलाई पनि परिश्रमको फल देऊ ।”
० ० ० ०
व्यासलाई मात्रै हैन परिश्रमीलाई पनि आन्दातिरेक भुइँचालो आएको झैं भयो । किञ्चित लजाए झैं गरी दासी उभिइन् तर उनको मुटु सत्यवतीले समेत सुन्ने गरी बेतहास धड्किन थाल्यो । मालिक्नीको आदेश नपर्खीकनै उनी व्यासको हातमा हल्का चिमोटेर आफ्नो कक्षतिर लागिन् ।
“जाऊ ।” थोरै लाज मानिरहेका व्यासलाई उनले यत्ति भनिन् ।
व्यास दासीको पछि पछि लागे । अग्लो तर कारिगढले कुँदेको जस्तो छिनेको कम्मर, फुकेको नितम्ब, पारदर्शी वस्त्रबाट देखिएका हात्तीका सुँड जस्ता सुरिला तिघ्रा, वजनदार तर हिमाल झैं उन्नत स्तनले अलिकति निहुराएको शरीर – परिश्रमीको नाम शायद साक्षात् ब्रह्माले परिश्रम गरेर बनाएको हुनाले पो यस्तो भएको हो कि ? दासी चुल्ठो हत्पताएको चालमा डोलायमान बनाउँदै आफ्नो कक्षतिर लागिन् – वेला वेला कटाक्ष नजरले व्यासको होश उडाउँदै ।
आफ्नो कक्षको द्वारमा पुगेर एक निमेष उनी अडिन् व्यासलाई पर्खेर । अनि हठात् व्यासको हात तानेर भित्र लगिन् । उनको कक्ष ती राजकुमारीहरूको जस्तो भव्य त थिएन तर कुटीमा जीवन बिताएका व्यासलाई त्यो सुख चाहिएको पनि थिएन । सानो पलङ, सामान्य फर्निचर । त्यता उनको ध्यान भएन । असामान्य जुगल स्तन, जादुमय कम्पित गुलाबी ओठ, चिटचिट पसिना छुटेको साँवली गाला – त्यतातिर मात्रै उनको घोच्ने तीखा नजर पर्यो ।
छिनभरमै दासीका आत्तिएका जस्तो मुहार फेरिएर कुटिल-कामुक स्त्रीको कामदेवको बाणले सताएको जस्तो प्रतीत भयो । ठूलाठूला ओसिला भएका नयनबाट आँसु सुकेर गए; छिटोछिटो चलेको सास अब गहिरो तर सुस्त भयो । मुटुको धड्कन सुनिने गरेर नजिक आइन् र फुस्फुसाइन्, “ऋषिवर ! तिम्रो नजर मात्रै हो कि अरू पनि केही छ ?”
व्यास हठात् आत्तिए । दासीले तिमी भनेको उनलाई मीठो आश्चर्य भइगयो । उसमाथि कटाक्षपूर्ण यी वाक्य चुनौतीले भिजेको सुन्दर लाग्यो । दासी उनको लागि भोग्या मात्रै हैन अर्थपूर्ण बौद्धिक चुनौती पनि हुन् कि भन्ने भयो । व्यासको प्यास यो कल्पनाले झन् बढ्यो ।
“तिमी साधारण दासी होइनौ प्यारी !” उनी पनि दासीको कानमा उष्ण बाफ छोड्दै फुस्फुसाए ।
“तिमी पनि साधारण ऋषि होइनौ शायद ।” जवाफ आयो । “सामान्य ऋषिको यति बिघ्न त हुँदैन होला !” व्यासको मौलाएको अंगलाई हेर्दै भनिन् ।
“सुकेको खहरे, भर्खरै दुईपटक बाढी आइसकेको छ परी — के यो फेरि उम्लन थालेछ ?” व्यास पनि सामान्य कामुक प्रेमी झैं सुनिए ।
“यस पटकको वर्षा प्रलायात्मक छ प्यारा ! डील भत्काउनी गरेर आउनेछ बाढी !” परिश्रमीले उनलाई गाँजेर उनको तपस्याले अलिक सुकेको तर स्वस्थ छातीभरी थुकले भिज्ने गरेर चुम्न थालिन् ।
दासीको पलङ सानो थियो – शायद त्यसै कारणले झन् कामदेवको स्थल थियो । विगत केही प्रहर दुई जना राजकुमारी सँगको चुनौतीपूर्ण सम्भोगले अलिक थाकेका व्यासलाई अब अर्कै चुनौती थियो । यसपालि यी कामुक दासीको आँधी थेग्न सक्ने हुन् कि हैन ।
कसले हिसाब राख्छ कति समय लाग्यो पूर्णतया जन्मेको भेषमा आउन ?
व्यासलाई उनको सम्पूर्ण तपस्याको बलले पनि पुगिरहेको थिएन होशमा रहन । नागिन झैं लामो सास फेरेर अलौकिक दुइटा साँवला हिमालहरू हल्लाइरहेकी थिइन् । मदिराले झैं आँखा अर्धमुदित लट्ठ थिए – तर व्यासको हरेक चाल पछ्याइरहेकी थिइन् । ओठ अलिकति खुलेका । थोरै गुलाबी जिब्रोको दर्शन । साक्षात् तिलोत्तमाको जस्तो कुँदेको शरीर । छिनेको कम्मर । अर्ध चन्द्राकार नाभि । त्यसभन्दा तल नजर चिप्लन खोज्यो – साथै उनको फणा उठाइरहेको नागले डस्नु अघि नै विष झार्न उद्यत भयो ।
“हे कल्याणी – म शायद लक्ष अगाडि नै पग्लिन्छु जस्तो छ !” आत्मसमर्पणको भावले कायल भए व्यास ।
“प्यारा – लक्ष अब टाढा छैन ।” भन्दै तिनले व्यासको सो नागको टाउको अलिक दर्द हुनेगरी औंलाको बीचमा पारेर थिचिन् । अब व्यासको नागको उष्णता अलिक मत्थर भयो ।
परिश्रमीका जुगल हिमालमा फलेका गुलाबी ऐंसेलुले व्यासको भित्री भोक जगायो । सहसा उनको दारीले उनको हिमाल कोर्न लाग्यो । भोकाएको मुख बाएर सोधे, “अनुमति छ ?”
“पक्कै छ,” व्यासको ओठमा त्यो ऐंसेलु प्रविष्ट गराउँदै भनिन्, “फललाई पनि भोको द्वारा खाइन कस्तो अधैर्य मन हुने रहेछ !”
व्यासको उष्ण र आर्द्र मुखमा उनको ऐंसेलु पालै पालो लथपथ भयो, गिजोलियो, मिचियो, हुनसक्ने र शायद नसक्ने पनि भयो ।
व्यासलाई हठात् दिव्य ज्ञान आयो ।
“प्यारी,” बोले व्यास । उनी चाहिं आनन्दातिरेकमा व्यासको जगल्टायुक्त शिर छातीमा टाँसेर सुनिन् । “निस्सारतामा हुने रहेछ वास्तविक आनन्द !”
“कसरी प्यारा ?”
“परी ! तिम्रा यी दुई थुम्का, यी मोहक गुलाबी फल, न गुलियो न नुनिलो र पनि बेहद स्वादिलो । तिम्रा यी काफलमय फल चुसिरहेछु र केहि आएको छैन र पनि कस्तो तृप्त भैरहेछु । यत् न विद्यते, तत् अत्यन्तं इष्टम् ! प्यारी मलाई तपस्याको भन्दा ठूलो समाधि देऊ !”
“जो आज्ञा ऋषिवर !” बस त्यति वेला नै हो – परिश्रमीले व्यासलाई सिधा लेटाइन् । आफू पो सहसा उनीमाथि चढिन् । कलियुगमा पो यस्तो हुन्छ भनेर लेख्न आँटेका थिए कुनै दिन । अब उनलाई कलियुग बढी सुन्दर हुन्छ जस्तो लाग्यो ।
“गर प्यारी युद्धको ऐलान गर !” व्यास बोले बल्लतल्ल ।
“तर यो युद्ध तरबार म्यानभित्र राखेर हुन्छ !” परी बोलिन । बोलिनन् मात्रै – गरिन् पनि ।
व्यास बेहोश भए । अर्थात् बेहोशीको पनि मात्रा हुने रहेछ सो थाहा पाए । कसिलो, उष्ण, आर्द्र, म्यानमा उनको तरबार दासीको इशारामा चल्न लाग्यो । उनलाई परीले अनेक तरहले लडाइँमा लगाइन् । उनी दास भए – परी मालिक्नी भइन् । उनको प्रत्येक प्रहारले परी छट्पटाइन्, उचालिइन्, थर्थराइन्, बर्बराइन, तै पनि अरू प्रहर गर्न प्रेरित गरिरहिन् ।
मानौं युग बित्यो । मानौं फेरि ब्रह्माण्ड सिर्जना भयो । मानौं शून्य भयो ।
० ० ० ०
व्यास परिश्रमीको कक्षबाट धरमराउँदै निस्किए । थाहा पाए – तपस्या जिन्दगीभर गरे पनि, केही प्रहर गरे पनि मोक्ष एउटै रहेछ ! –sahityapost








प्रतिकृया दिनुहोस्