July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

गोहोरो सहित १६२ वन्यजन्तुको उद्धार

Advertisement

बर्दिया—बर्दियामा एक वर्ष अवधिमा लोपोन्मुख वन्यजन्तु सुन गोहोरो समेत १६२ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाको गुलरिया –८ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर परिसरमा सोमबार दिउँसो फेला परेको लोपोन्मुख वन्यजन्तु सुन गोहोरो सुरक्षित रुपमा उद्धार गरिएको हो ।

Advertisement

कार्यालय परिसरमा फेला परेको लोपोन्मुख वन्जयन्तु सुन गोहोरोको सुरक्षित उद्धारपछि डिभिजन वन कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले बताए । उक्त सुन गोहोरोलाई प्राकृतिक बासस्थानमा छोडिएको डिभिजन वन कार्यालयका वनरक्षक भुपेन्द्रबहादुर शाहीले जनाए ।

गर्मी सिजनमा घरभित्र पसेका विषालु सर्पलगायत समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गरी प्राकृतिक बासस्थानमा छाडिरहेको गरेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए । ‘वनमा २४ सैं घण्टा उद्धार टोली तैनाथ हुन्छ,’ वरिष्ठ वन अधिकृत चौधरीले भने,‘वन कार्यालयमा खबर आउन साथ वन्यजन्तुबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले वनको टोली तत्काल परिचालन हुन्छ ।’

आर्थिक वर्ष ०८२÷०८३ मा सर्वसाधारणको घरभित्र पसेका अति विषालु गोमन, करेत, रसल भाइपरलगायत १ सय ४६ सर्पको वन कार्यालयको टोलीले उद्धार गरेको छ । ८ चितुवा, २ भैंसे गोहोरो, २ सुन गोहोरो, कछुवा, निर बिरालो, मगर गोही, रातो बाँदरको सुरक्षित रुपमा उद्धार गरी प्राकृतिक बासस्थानमा छोडिएको डिभिजन वन कार्यालयले जनाएको छ ।