July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

बिक्रीको सिलसिलामा

Advertisement

कति सुन्दर हुँदो हो
भारको भारीले थिचिएर
आभार भन्नुको मजा !

Advertisement

समुद्रमा छचल्किरहने छालहरूजस्तो
कलाले सिँगारिएको कुनै चित्तबुझ्दो चित्रजस्तो
रहरको लहर बोकेर कँदेको कुनै हाटबजारजस्तो
मनले मन साटेरै मन पराएको कुनै प्रेमजस्तो
अप्ठ्यारोसँग कुनै वृक्ष हाँगामा झुन्डिएर
मन नै बहलाउने गरी फुलिरहेको सुनगाभाजस्तो

कति सुन्दर हुँदो हो
भारको भारीले थिचिएर
आभार भन्नुको मजा !

चाकरी, चाप्लुसी,
बदमासी र बदनाम
बिकेपछि पैसामा
बदलिन्छ आभारमा

आभार हजुर, आभार !
जमाना र रमाना बिक्री कक्षबाट ।

-baahrakhari