June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

नेकपा उम्मेदवार फैजले सुरु गरे घरदैलो

Advertisement

भैरहवा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार फैज अहम्मद खाँनले घरदैलो सुरु गरेका छन् । यसअघि विभिन्न ठाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्रता दिएका उनले सोमबारदेखि कार्यकर्तासहित घरदैलो सुरु गरेका हुन् ।

Advertisement

उम्मेदवारी दर्ता पछि आफूले गाउँ, टोल, सहर हुँदै नगरका विभिन्न ठाउँमा पुगी संवाद, सुझाव संकलन तथा क्षेत्रको आवश्यकता बुझ्ने काम गरेको खाँनले बताए । नेकपा नेता तिरबाहादुर रोका मगर (डार्विन) उल्लासमय तरिकाले सोमबारबाट घरदैलो गर्न सुरु गरेको जनाए ।

पार्टीका नेता तथा पूर्वमन्त्री हकिकुल्लाह खाँले मतदातासँग भेटघाटका क्रममा राम्रो प्रतिक्रिया पाइराखेको जनाए । मतदातासँग आफ्नो राजनीतिक दृष्टिकोण र क्षेत्रको समग्र विकास लक्ष्यबारे स्पष्ट योजना बोकेर आफूहरुले घरदैलो सुरु गरेको उनको भनाई छ ।

पार्टी सरकारमा हुँदा गरेका विकासका कामबारे पनि बुझाइरहेको नेकपाले जनाएको छ । रुपन्देही ३ मा मात्रै नभई समग्र देशका लागि पार्टीको नीति, कार्यक्रम र लक्ष्यबारे जानकारी गराउने उद्देश्यले विभिन्न टोलमा घरदैलो अभियानसमेत सञ्चालन गरिएको उक्त पार्टीले जनाएको छ ।

सोमबार बिहान करिब ८ बजेबाट दुमदुमुवादेखि सुरु गरिएको घरदैलो कार्यक्रम अब निरन्तर रहनेछ । हरेक मतदाताको दैलोमा पुगी मतदातासँग आफ्ना कुराहरु राख्ने नेकपाको योजना छ ।

युवा र महिला सशक्तिकरणमा काम गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

युवालाई स्वरोजगार बनाउने योजना लागू गर्ने नेकपा उम्मेदवार खाँनको प्रतिबद्धता

संघीयतालाई बलियो बनाउन नेकपाको जित आवश्यक : फैज

रूपन्देही–३ लाई कृषि उत्पादनको केन्द्र बनाउन नेकपा उम्मेदवार फैजको जोड

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’