गृहमन्त्री खाँणको ‘लक्की–३’


भैरहवा– बालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । युवादेखि पाका पुस्तासम्म परिचित खाँण विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पंचायत र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउन उनी कयौंपटक जेल बस्नु परेको छ । २०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा होमिएका काँग्रे नेता खाँणले बहुुदल ल्याउन र लोकतन्त्र स्थापना गर्नमा उतारचढाव र जेल नेल भोग्दै आफ्नो परिचयलाई फराकिलो पार्दै आएका छन् ।
विद्यार्थी राजनीतिबाट उदायएका खाँण छोटो समयमै केन्द्रीय राजनीतिमा पनि छाए । उनी २०३९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भए । त्यसपछि क्रमशः त्रिभुुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियननको उपसभापति हुँदै सभापति र २०४१ सालका नेपाल विद्यार्थी नेविसंघको केन्द्रीय सभापति भए ।
राजनीतिमा दिनहुुँ सिढीं चड्दै गएका खाँणले २०४८ मा संसदीय राजनीतिमा छिर्ने अवसर पाएका थिए । उनी त्यसबेला तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । त्यसपछि उनी दुुई कार्यकाल नेपाल तरुणदलको सभापति भए । तरुणदलको सभापति हुँदा नै २०५४ को निर्वाचनमा आफू नलडी देशभर चुनावी क्याम्पियनमा लागेका खाँण २०५६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए ।
२१ वर्षदेखि कांग्रेसको केन्द्रीय समितिमा रहेका खाँण तीन पटक प्रत्यक्ष चुनाव लड्दै निर्वाचित भएका छन् । शिक्षा तथा खेलकुद, सिंचाई, रक्षा हुँदै अहिले उनी गृहमन्त्री छन् । २०३६–०३७ देखि ०४६ सालसम्म प्रजातन्त्र पुुनस्र्थापनाका लागि बिभीन्न जिल्लामा विद्यार्थीहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिने क्रममा उनी कयौं पटक जेल परेका थिए । २०४२ मा कांग्रेसको आह्वानमा भएको सत्याग्रह होस्, चाहे ०६१ म तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा होस्, २०६२–०६३ जनआन्दोलनमा पनि उनि अग्रपंतिmमा उभिए । खरो स्वभावका उनी पञ्च्यात र निरंकुशताबिरुद्ध डटेर लागे ।
आन्दोलनमा मोहिँदै गर्दा खाँण चर्को स्वरले भाषण गर्थे । पंचाय ढाल्दा होस् या निरंकुश राजा फाल्दा खाँणले मुलुकले सुन्ने, जनताले चिन्ने गरी राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा भाषण गरे । ‘त्योबेला सुस्त बोल्नेलाई दमनकारी राजावादी र पंचेहरुले दबाउँथे, धम्क्याउँथे, आवाज सुन्दैन्थे, त्यसैले पनि चर्को स्वरमा बोल्नै पथ्र्यो’, आफ्नो पूरा ती दिन सम्झँदै खाँणले भने । अहिले उनी विस्तारै र तार्किक शब्दमा बोल्छन् । विकास र समृद्धिमा जनतालाई जोड्ने र अनुभूत गराउने काममा तल्लीन छन् ।
हरेक चुुनौतीको समाना गर्दै आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने उनीमा बिशिष्ट खालको क्षमता पनि छ । त्यही क्षमताका कारण उनी केन्द्रीय राजनीतिमा जहिल्यै पनि आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका छन् । आफ्नो कुटील क्षमता उनले देश बिकासमा समेत लगाएका छन् । राज्य सत्ताको जिम्मेवारी पाउँदा पनि उनले बिबादरहित रुपमा काम गरेका छन् ।
बिकासलाई प्राथमिकतामा राखेका खाँणले आफ्नो गृहजिल्ला रुपन्देहीमा कयौं योजना ल्याएका छन् । जिल्लाको समग्र बिकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिंचाई जस्ता क्षेत्रमा उल्लेख्य योजना पारेर उनले बिकासप्रेमी नेताको छवी बनाएका छन् । तिनाउ र दानवमा जनताको तटबन्धन, पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणाली निमार्णमा उनैको नाम आउँछ ।
बेलहिया–बुटवल ब्यापारीक मार्ग, गौतमबुद्ध बिमानस्तललाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने, मणिग्राम–देवदह–लुम्बिनी बुद्ध सर्किट निर्माण गरी बीचका बस्तिलाई गुल्जार बनाउनमा पनि उनको महत्वपूर्ण भूमिका छ । देवदह–मणिग्राम– लुम्बिनि– तिलौराकोट– गोरुसिंगें, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै बेथरी– मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली– सिसुवा, मुर्गिया –सूर्यपूरा, देवदह – मणिग्राम–फर्साटिकर –सूर्यपुरा –लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम् स्तरोन्नती पनि खाँणकै पहलमा सम्भव भएका हुन् । सघंसस्था, मठमन्दिर, मस्जित निमार्णमा उनले थुुप्रै सहयोग पुुर्याएका छन् । सामुदायिक भवनदेखि विद्यालय भवन निमार्णमा पनि उनले उत्तिकै योदगान दिएका छन् ।
विद्यार्थीकालमा सानै उमेरदेखि राजनीतिमा उदाएका गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रावशाली केन्द्रीय सदस्य खाण भाग्यमानी नेता मध्ये एकमा पर्छन् । जसले निर्वाचनमा अहिलेसम्म पराजय भोग्नुु परेको छैन । परिबर्तनका हरेका आन्दोलनमा अग्रपंक्तिमा रहने र देशभर चुनावी क्याप्पियन समेत संचालन गरेका खाँणलाई रुपन्देही ३ भने ‘लक्की’ क्षेत्र सावित हुँदै आएको छ । अर्थात् उनले यो क्षेत्रलाई माया गर्दै आएका छन् भने क्षेत्रबासीले उनीप्रति आशा, भरोसा, विश्वास गर्दै आएका छन् । तीन पटक प्रत्यक्ष निर्वाचन लडेका खाँण रुपन्देही ३ बाटै लडेका छन् । सवै निर्वाचनमा बिजयी भएका छन् ।
२०४८ सालदेखि रुपन्देही जिल्लाका उम्मेदवार हुँदै आएका खाँणका लागि एउटा अनौठो संयोग हो, निर्वाचन क्षेत्र ३ पर्नुु । निर्वाचन क्षेत्र थपघट हुँदै आएका छन् । तर, खाँणले रुपन्देही ३ छाडेका छैन्न । २०४८ मा पहिलो पटक निर्वाचन लड्दा पनि उनको क्षेत्र रुपन्देही ३ नै थियो । त्यसबेला निर्वाचन क्षेत्रको केन्द्र फरक थियो । त्यतिबेला बुटवल उक्त निर्वाचन क्षेत्रको केन्द्र थियो । २०६४ मा पनि उनको निर्वाचन क्षेत्र रुपन्देही ३ नै थियो । त्यसबेला मुख्य केन्द्र मणिग्राम थियो । २०७० मा पनि उनको निर्वाचन क्षेत्र रुपन्देही ३ नै हो ।
अहिले चौथो पटक प्रत्यक्ष निर्वाचनमा उठ्दा पनि खाँण रुपन्देही ३ बाटै निर्वाचन लडेका छन् । यसपटक भने सदरमुकाम भैरहवा केन्द्र रहेको छ । उनको पछिल्लो संसदीय कार्यकाल भैरहवालाई केन्द्रमा राखेर बितेको छ । बिगत पाँच वर्षयता आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाएका थिए । अब सधैं भैरहवा केन्द्रित बनेर राजनीति गर्ने योजना बनाएका खाँणले सदरमुकाम लक्षित गरेर ठूला बिकास योजना ल्याएका छन् । उक्त शहरलाई देशैभरी चिनिनेगरी बिकसित पनि गरेका छन् । त्यस्तै अहिले आफ्नो पहिचान बनाइसकेको भैरहवालाई उनै खाँणले अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गर्ने गरी योजना अगाडि ल्याएका छन् ।
बुुटवल, मणिग्रामसहित भित्री बस्तीलाई समेत गुल्जार पार्दै अहिले भैरहवालाई केन्द्रमा राखेका खाँणले यहाँको बिकासका लागि महत्वपूर्ण योजनाको रुपमा ‘सिद्धार्थ चक्रपथ’लाई अगाडि सारेका छन् । ब्यबस्थित सहरीकरण र अन्तर्राष्ट्रिय सहरहरु बाहिरी चक्रपथ निमार्णबाटै भएका छन् । त्यस्तै सिद्धार्थनगरलाई पनि ब्यबस्थित र अन्तर्राष्ट्रिय सहर बनाउन बाहिरी चक्रपथ उनले आवश्यक ठानेका छन् । ‘जे कुरा संकल्प पत्रमा ल्याएका छौं, त्यो पुरा गरेरै छाड्छौ,’ मन्त्री खाँण भन्छन्, ‘भैरहवा मात्र होइन रुपन्देहीको समग्र बिकासका लागि हामी प्रतिबद्ध छौं । भोलि कुर्ने होइन्, मुुलुुक हाम्रै पालामा बनाउने हो ।’
उनले गौतमबुद्ध विमानस्थलाई कार्गो हब बनाउने, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने छ । वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार चौकी (आईसीपी)’, विशेष आर्थिक क्षेत्र विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णय, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गरि त्यहाँ रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने योजना पनि उनले ल्याएका छन् ।
सिद्धार्थ नगरभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तर वृद्धि गरि २४ घण्टे प्रयोगशाला सहितको सुविधासम्पन्न आइसियू, सिसियू तथा एनआईसीयू सेवा थप गर्ने उल्लेख गरेका छन् । भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाइनेछ भने कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने, डण्डा खोलामा कोरिडोर निर्माण गर्ने, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘अन्न भण्डारण गृह’ निर्माण गर्ने, सिद्धार्थ नगरमा अत्याधुनिक चिस्यान गृह स्थापना गर्नुका साथै लुम्बिनी प्रदेशको भौगोलिक अवस्था र वातावरण सुहाउँदो विउ–बिजनहरू तयार गर्न अनुसन्धान केन्द्र सञ्चालन गर्न पहल गर्ने योजना बनाएका छन् ।








लेखकको सम्वन्धमा