ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते


कपिलवस्तु– कपिलवस्तु नगरपालिका–७, धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुईजना घाइते भएका छन् ।
तौलिहवा–भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना ६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु ८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३, कटैयाभारीका २३ वर्षीय सन्तोष कहाँर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११ः१३ बजे मृत्यु भएको घोषणा गरेका हुन् ।
मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७, पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन् । दुबै जना घाइतेको चौराहा अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।








प्रतिकृया दिनुहोस्