September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

कम्युनिष्ट नेता तथा संविधानसभा सदस्य दीपक केसीको निधन

Advertisement

प्यूठान— कम्युनिष्ट नेता तथा संविधानसभा सदस्य दीपक केसीको निधन भएको छ। केसीको ८५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

Advertisement

संविधानसभा २०६४ का सदस्यसमेत रहेका केसी पछिल्ला वर्षमा विभिन्न रोगसॅंग जुधिरहेका थिए । उनमा लामो समयदेखि मुटुरोग, निमोनिया लगायतका समस्या देखिएको थियो । उनी प्यूठानका अग्रज कम्युनिष्ट नेतासमेत थिए ।

उनको अन्त्येष्टि सोमबार दिउँसो १२ बजे प्यूठानको खरिबोट नजिक झिमरुक खोलाको किनारमा गरिएको छ । लामो समयदेखि वामपन्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय केसी प्यूठानका एक अभिभावक व्यक्तित्वका रूपमा चिनिन्थे ।