August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

ग्राहकको मन जित्दै प्राइम इलेक्ट्रोनिक्स ट्रेडिङ सेन्टर

Advertisement

भैरहवा– भैरहवाको बुद्धचोकमा सञ्चालित प्राइम इलेक्ट्रोनिक्स ट्रेडिङ सेन्टर स्थापनाको १३ वर्ष पूरा भएको छ । सेन्टरले यस अवधिमा ग्राहको विश्वास जित्नुका साथै व्यवसायिक उचाइँ समेत प्राप्त गरेको छ ।

Advertisement

एक दशक भन्दा लामो समयदेखि सेन्टरले भैरहवा र आसपासका ग्राहकलाई गुणस्तरीय इलेक्ट्रोनिक्स सामग्री उपलब्ध गराइरहेको छ । बाह्रैमास ग्राहकको सुविधामा ध्यान दिँदै आएको यस सेन्टरले नेपालीहरुको महान् चाडपर्व दशैँ, तिहार तथा छठ र नयाँ वर्षको अवसरमा विशेष छुट र उपहार प्रदान गर्दै आएको छ ।

प्राइम इलेक्ट्रोनिक्स ट्रेडिङ सेन्टरका व्यवस्थापक नवराज भण्डारीका अनुसार संस्थाले स्थापनाकालदेखि हरेक चाडपर्व, नयाँ वर्ष तथा कम्पनीबाट आउने विभिन्न ग्राहक योजनाहरु प्रत्यक्ष रूपमा ग्राहकसम्म पुर्याउँदै आएको छ । यसपटक पनि चाडपर्व लक्षित गर्दै सेन्टरले ग्राहकका लागि आकर्षक क्यास डिस्काउन्ट (नगद छुट), साना–ठूला उपहार तथा पुराना फिज्र साटेर नयाँ लैजान सकिने एक्सचेन्ज सुविधा ल्याएको भण्डारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब्रान्ड र बहुउपयोगी सामाग्रीका साथै ग्राहकको रोजाइ र आवश्यकतालाई ध्यानमा राख्दै प्राइम इलेक्ट्रोनिक्समा हुन्डाई, स्यामसुङ, गोदरेज र टीसीएल जस्ता विश्वप्रसिद्ध र भरपर्दा ब्रान्डका इलेक्ट्रोनिक्स सामग्रीहरू बिक्रीका लागि राखिएका छन् । यहाँ घरायसी तथा व्यावसायिक प्रयोगका लागि आवश्यक पर्ने फ्रिज, एयर कन्डिसनर (एसी), कुलर, डिपफ्रिज, वासिङ मेसिन, आइरन, किचन चिम्नी तथा अन्य होम एप्लायन्सेजका सामाग्री विभिन्न साइजमा उपलब्ध छन् । सामान्य घरको भान्छादेखि ठूला–ठूला होटलमा आवश्यक पर्ने चुल्हो तथा अत्याधुनिक भान्सा उपकरण यहाँ सुपथ र प्रतिस्पर्धी मूल्यमा पाइने भण्डारीले बताए ।

‘ग्राहकको सुविधालाई ध्यानमा राखेर सुविधा दिँदै आएका छौं,’ उनले भने, ‘जीरो प्रतिशतमा इएमआई र निःशुल्क होम डेलिभरीको सेवा दिएका छौं ।’ एकैपटक पूरा रकम भुक्तानी गर्न नसक्ने ग्राहकका लागि प्राइम इलेक्ट्रोनिक्सले शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा प्रदान गर्दै आएको छ । ‘कुनै पनि ग्राहक बजेटकै कारण आफूलाई चाहिएको सामान नलिएर फर्किन नपरोस् र कसैले दुःख नपाउन् भन्ने नै हाम्रो मुख्य उद्देश्य हो,’ भण्डारीले भने ।

भैरहवा क्षेत्रका ग्राहकका लागि खरिद गरिएका सामान घरसम्म निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । सामान डेलिभरी मात्र नभई त्यसलाई घरमा जडान गर्दा लाग्ने फिटिङ चार्ज समेत पूर्ण रूपमा निःशुल्क गरिएको सेन्टरले जनाएको छ । साथै पुराना फ्रिज प्रयोग गरिरहेका ग्राहकका लागि उचित मूल्यांकनसहित नयाँसँग साट्ने ‘एक्सचेन्ज अफर’ पनि निरन्तर जारी रहेको उनले बताए ।

बजारको अवस्था र इलेक्ट्रोनिक्स व्यवसायको प्रकृतिका बारेमा स्पष्ट पार्दै व्यवस्थापक भण्डारीले यो व्यवसाय धेरैजसो मौसम (सिजन) मा आधारित हुने बताए । गर्मी मौसममा फ्रिज, एसी र कुलरको माग निकै उच्च हुने भएकाले उक्त समयमा व्यापार बढी हुने गर्छ । भैरहवा ठूला होटल रहेको पर्यटकीय हब हो । यहाँ वासिङ मेसिन, आइरन जस्ता नियमित प्रयोगका सामान बाह्रै महिना बिक्री हुने गरेको उनले जनाए ।

लामो समयसम्म फैलिएको कोभिड–१९ को महामारी र त्यसपछि बैंकमा बढेको उच्च ब्याजदरका कारण व्यापार व्यवसाय धरासायी बनेको स्मरण गर्दै उनले भने, ‘त्यसबेला व्यापार बन्द गरौँ कि छाडौँ भन्ने स्थितिसम्म पुगेका थियौँ । पछि पछि बजारलाई लयमा फर्किन समय लाग्यो ।’

पछिल्लो समय जेनजी आन्दोलन र त्यसपछिको चुनावबाट स्थिर सरकार बनेसँगै बजारले बिस्तारै सकारात्मक गति लिन थालेको उनको बुझाई छ । पछिल्ला केही महिनायता बजारको अवस्था सन्तोषजनक रहेको र ग्राहकको माया तथा विश्वासका कारण व्यवसाय पुनः लयमा फर्किएकाले खुसी लाग्ने गरेको उनले बताए ।