June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

समुन्नत रूपन्देही–४ का लागि भोपेन्द्रले कोरेका योजना

Advertisement

मर्चवार– अध्ययनशील, योजनाबद्ध काम गर्नसक्ने, विषयवस्तु छिटो बुझ्ने र आमनागरिकसँग सहजै घुमलमिल हुन सक्ने नेतामा पर्छन्, जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादव । कुनै समय मधेशी समुदायको हकअधिकारका लागि प्रहरीको लाठी खाएर रक्ताम्य हुँदा पनि आफूमा निरासा नभई थप उर्जा लिएर राजनीतिमा होमिएका भोपेन्द्र आफ्नो क्षेत्रमा निरन्तर खट्ने नेता पर्छन् ।

Advertisement

जनमत पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेका उनी प्रखर वक्तका रुपमा समेत चिनिन्छन् । २०७९ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएका भोपेन्द्र पुनः चुनावी मैदानमा होमिएका हुन् । कृषिको आधुनिकीकरण गर्दै मर्चवारमा लामो समयदेखि जरा गाडेर रहेको जमिन्दारी शासनलाई निस्तेज नपार्दासम्म क्षेत्रले मुहार फेर्न नसक्ने उनी बताउँछन् ।

१८ बुँदे आफ्नो योजना लगेर मतदाता भेटघाटमा व्यस्त भोपेन्द्रले भने, ‘रुपन्देही सुगम जिल्ला हो । तर, यसअघि जितेका, मन्त्री भएकाहरुले केही काम नगर्दा मर्चवार आज दुर्गम भनेर चिनिन्छ, म यहाँको परिचय बदलेर सुगम बनाउन उम्मेदवार बनेको हुँ ।’ उनले मर्चवारको आवाज संसद र सरकारसम्म दरिलो तरिकाले नपुग्नु क्षेत्र पछाडी पर्नुको मुख्य कारण हो ।

‘क्षेत्रमा वर्षौंदेखि जरा गाडेर रहेको सामन्तवादी, पुजीवादी र जमिन्दारी शासन छ, यसका विरुद्धमा मैले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, सिंचाई यहाँका मुख्य समस्या हुन् । यी समाधान गर्न म एकपटक संसद पुग्नै पर्छ ।’ मर्चवारवासी नागरिकका लागि कृषि मिटर जडान गरि सम्पूर्ण किसिमको बिजुली निःशुल्क गर्न आफूले पहल गर्ने उनले बताए ।

‘स्नातकोत्तर अध्ययन गर्न कलेज छैन, मेडिकल कलेज छैन’, उनले भने, ‘मर्चवारका लागि यो जरुरी छ । यसमा मैले काम गर्छु ।’ मर्चवार क्षेत्रको दक्षिणी भेगमा सिमा नाकामा पुल निर्माण गरि भारत आउजाउ गर्न भन्सार ब्यवस्थापन गरिनुपर्नेमा उनको जोड छ । ‘मर्चवारमा डिजिटल, आधुनिक र बैज्ञानिक तरिकाले रिङ्गरोडहरु निर्माण गरि नमूना मर्चवार बनाई पर्यटकीय धर्मिकस्थलहरुलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन जरुरी छ’, उनले भने, ‘मर्चवारमा गरिबी छ, विपन्नता छ, यस्ता समुदायका ब्यक्तिहरुलाई राजनीतिमा सहभागी गराई जनता राज कायम गर्न लागिपर्ने छु ।’

उनले यहाँको प्रमुख समस्या सिंचाई भएको बताए । यसको दिगो समाधान र सधैंका लागी सबै गाउँ–गाउँमा उचित सिंचाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए । ‘विद्यमान स्थानीय तह लगायत सबै निकायका भ्रष्टाचारीलाई कानुनी कठघरामा ल्याउन मेरो पहलकदमी रहनेछ,’ उनले भने, ‘बाटो र विद्युतको समस्या छ । यसको पनि व्यवस्थापन सहित समाधानमा म प्रतिबद्ध छु ।’

कृषिका लागि समयमै बीउ मल व्यवस्थापन, रोजगार र सीपमूलक तालिमहरु सञ्चालन गराउन र रोजगारको प्रवद्र्धनमा मेरो जोड छ । ‘मर्चवारका विद्यमान समस्या संसदमा बोलेर राष्ट्रिय स्तरकै बजेटमा समस्या समाधान गर्न मेरो पहल रहन्छ’, उनले भने, ‘मर्चवारमा कन्याहरुका लगि छुट्टै कन्या स्कूल व्यवस्थापन सहितको गुरुकुल बिद्यालय निर्माण मेरो प्राथमिकता हुनेछ ।’ उनले जनता राजको प्रयत्यभूति दिलाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

‘प्रत्येक वडामा स्वास्थ चौकी र गाउँपालिका स्तरीय अस्पताल बनाउनुको साथै, प्रभावकारी सेवाका लागी व्यवस्थापन पक्ष बलियो बनाउनुपर्छ’, उनले भने, ‘किसानहरुको उत्पादन तरकारी, धान, गहुँ लगायत सम्पूर्णको उचित मूल्य निर्धारण गरी बजारीकरणमा पहल गर्नेछु । यस्तै, युवाहरुका लागि मर्चवार क्षेत्रमा सुबिधा सम्पन्न खेलमैदान निर्माण गरि खेलकुदको बिशेष प्याकेज ल्याइनेछ ।’ यस क्षेत्रका स्थानीयहरुलाई स्थानीय उद्योगहरुमा रोजगारीको ब्यवस्थापन गर्न तथा ठुला साना ब्यापारीहरुलाई प्रोत्साहन एवं शान्ति सुराक्षाको अनुभूति दिलाउन आफूले दिनरात काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

बुटवलमा जनमोर्चाको २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

चुनावी रफ्तार बढाउँदै उम्मेदवार

रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक

दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक

मर्चवारका बासिन्दा भन्छन्- चुनावमा ‘झुटा वाचाको नवीकरण’

वाचा पूरा गर्न प्रदेश छाडेर प्रतिनिभि सभा उम्मेदवार

रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?

रुकुम पूर्वमा प्रचण्डलाई टक्कर दिँदै कुसुमदेवी

पश्चिम नवलपरासीका उम्मेदवार मत माग्दै घरदैलोमा