June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग

Advertisement

भैरहवा– कुर्सीमा बसेर दैनिक विरामीको सेवामा खटिने भैरहवाका डा.लेखजंग थापाको दैनिकी आजभोली फेरिएको छ । उनी न्युरो चिकित्सक हुन् । आफ्नो पेसामा उनी मुलुकमै गनिएका चिकित्सकमा पर्छन् । तर, आफ्नो पेसालाई थाँती राखेर राष्ट्रिय राजनीतिमा होमिएका डा.थापा आजभोली मत माग्न व्यस्त छन् ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा.थापा चिकित्सकीय सेवा जस्तै राजनीतिबाट स्वास्थ्य क्षेत्रको सुधार गर्ने बताउँछन् । पेसाले न्युरो चिकित्सक भए पनि सानै उमेरदेखि राजनीतिमा रुचि राख्ने उनी बिहान ७ देखि राति १० बजेसम्म मतदाता भेटघाटमा केन्द्रित रहन्छन् ।

बुधबार बिहान उनले बिहानी हिंडाई गर्ने पाकापुस्ताहरु र बुद्धिजीवीहरुको समूह भैरहवा मर्निङवाक ग्रुपका अगुवाहरुसँग भेटघाट गरे । पार्टीबाट समानुपातिक सूचिमा रहेका ज्ञानु पौडेल र पुनमकुमारी अग्रवालसहित अन्य नेताहरुसँग उनले बुद्धिजीवीहरुसँग भेटघाट गरेका हुन् । भेटकाक्रममा बुद्धिजीवीहरुबाट उत्साह थपिने गरी सल्लाहसुझाव, आशीर्वाद र शुभेच्छा पाएको डा.थापाले जनाए ।

मंगलबार मात्रै उनले तिलोत्तमा १३ र १४ का स्थानीयहरुसँग भेटघाट गरेका थिए । भेटका क्रममा रास्वपाको नीति, क्षेत्रगत विकासमा आफूले अघि सारेका योजना मतदाता समक्ष प्रस्तुत गर्ने गरेका छन् । मतदाताहरुबाट आएका सुझावलाई उनले टिपोट गरी दस्ताबेजीकरण गरिरहेको पार्टीको निर्वाचन परिचालन समिति कमाण्डर नारायणप्रसाद भण्डारीले बताए ।

‘युवा होउन वा अधबैंसे, पाका पुस्ता होउन वा बृद्धबृद्धा खुलेर आशीर्वाद दिइरहनुभएको छ । तिमिहरुले यस्तो काम गर्नुपर्छ भनेर सुझाव समेत दिनुहुन्छ’, भण्डारीले भने, ‘धेरै मतदाताको आशा र भरोसा भनेकै रास्वपा भएको हामीले पाएका छौं ।’ भण्डारीले ठूला दल भनिएकाहरुले लामो समय शासन गर्दा समेत जनतामा उत्साह भन्दा निरासा बढी पैदा गरेकाले सबैको भरोसा रास्वपा बनेको जनाए ।

मतदाताले भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी, सुशासन लगायतका क्षेत्रमा चासो राख्ने गरेका छन् । यसैप्रति आफू र आफ्नो पार्टी रास्वपा कटिबद्ध रहेको बताउने गरेको डा.थापाले बताए । पार्टीले अहिले क्षेत्रका हरेक पालिका र वडा तथा टोलटोलमा मतदाता भेटघाट गरिरहेको छ । ‘यसक्रममा हामीले पाकापुस्ताको आशीर्वाद, युवा जोसलाई साथमा लिने गरेका छौं भने बुद्धिजीवीको सुझावलाई मनन गरी अघि बढेका छौं’, डा.थापाले भने ।

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार

बुटवलमा जनमोर्चाको २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक

दाङ-३ : युवा, पूर्वमन्त्रीदेखि पूर्वनगर प्रमुखसम्म चुनावी मैदानमा, बाचा भने अनेक

मर्चवारका बासिन्दा भन्छन्- चुनावमा ‘झुटा वाचाको नवीकरण’

वाचा पूरा गर्न प्रदेश छाडेर प्रतिनिभि सभा उम्मेदवार

रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?

रुकुम पूर्वमा प्रचण्डलाई टक्कर दिँदै कुसुमदेवी

पश्चिम नवलपरासीका उम्मेदवार मत माग्दै घरदैलोमा