इरानद्वारा इजरायलमा लगातार मिसाइल आक्रमण


इजरायली रक्षा बल (आईडीएफ) ले इरानले इजरायलमा फेरि मिसाइल प्रहार गरेको जनाएको छ। आईडीएफले आफ्नो एक्स (पहिले ट्विटर) अकाउन्टमा दिएको जानकारी अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ, जसपश्चात ती क्षेत्रहरूमा हवाई साइरन बजेका थिए।
यस आक्रमणका कारण लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्। यसैबीच, इरानी सरकारी सञ्चार माध्यमले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानी सञ्चार माध्यमहरूले तेहरानमा विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको खबर छापेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई राजधानी तेहरान खाली गर्ने भनेका छन्। उनको यो नयाँ भनाइ सार्वजनिक भएपछि इरानमा हलचल मच्चिएको बताइएको छ। धेरैजसो इरानको राजधानी तेहरान छाडेर हिँडेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।








प्रतिकृया दिनुहोस्