August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

नाइटक्लबको छत खस्दा डोमिनिकन रिपब्लिकमा मृत्यु हुनेको संख्या २०० नाघ्यो

Advertisement

डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा मृत्यु हुनेको संख्या दुई सय नाघेको छ ।

Advertisement

सांगीतिक कार्यक्रम भइरहेको समयमा मंगलबार बिहान भवनको छत खसेको थियो । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको सीएनएनले जनाएको छ ।

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिङगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि उक्त घटना भएको थियो । ज्यान गुमाउनेमा धेरै महिला रहेको बताइएको छ ।

घटना मंगलबार बिहान १२ः३४ बजे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको थियो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको थियो ।

घटनामा अमेरिकाको मेजर लिगका पूर्वबेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि मृत्यु भएको थियो ।