ट्रम्प बने सजाय पाउने पहिलो अमेरिकी राष्ट्रपति, किन सुनाइयो शपथ अघि फैसला ?


अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा सजाय पाउने पहिलो राष्ट्रपति बनेका छन्। उनलाई पोर्न स्टारलाई पैसा दिएर चुप गराउन खोजेको मामिलामा जोडिएका ३४ आरोपमा सजाय सुनाइएको हो। यद्यपि, न्युयोर्कस्थित म्यानह्याटन कोर्टले ट्रम्पलाई जेल भने पठाएन, ‘बिना सर्त माफी’ दिएको छ।
ट्रम्प भिडियो कन्फ्रेन्समार्फत अदालत उपस्थित भएका थिए। अदालत कक्षमा ४ ठूला स्क्रिन लगाइएको थियो, ट्रम्पलाई सजाय सुनाउँदै न्यायाधीश जुआन मर्चेनले भने ‘म तपाँइको दोस्रो कार्यकाल सफलताको शुभकामना दिन्छु।’
ट्रम्पलाई दिएको यो सजाय केवल सांकेतिक मात्र हो। यसको मतलब उनले जेल जानु पर्ने छैन् साथमा कुनै जरिवाना पनि तिर्नु पर्ने छैन्। साथै उनको आउँदै गरेको राष्ट्रपतिको सपथमा पनि यसले कुनै प्रभाव पार्ने छैन्। तर उनी एक ‘घोषित अपराधी सावित भएर’ अमेरिकाको राष्ट्रपतिको शपथ लिँदैछन्। यसले उनको छविमा भने नकरात्मक असर पार्न सक्ने छ।
जस्टिस मर्चेनले फैसला गर्दै भने ‘यो देशको सर्वोच्च पद (राष्ट्रपति) को शक्तिमा कुनै दखल नपार्नका निम्ति ट्रम्पलाई बिना शर्त छोड्नुनै सही सजाय हुने छ। यो निर्णय सुन्दा ट्रम्प चुपचाप रहेका थिए।
ट्रम्पलाई उनको शपथग्रहण सुरु हुनु ठिक १० दिन अघि यो सजाय सुनाइएको हो। उनलाई यो सजाय अघिल्लो वर्षको जुलनाइमानै सुनाउनु पर्ने थियो। तर उनले यो सजायलाई धकेल्दै पटक-पटक सजाय टार्दै अघि बढे। तर अदालतले यो पटक उनको सजाय पुन धकेल्ने अपिललाई बिहीबार खारेज गर्दिएको थियो। यो सँगै उनको सजाय शुक्रबार पक्का भयो।
सुनुवाइको समयमा के– के भयो?
सजाय सुनाउने क्रममा न्यायाधीश जोशुआ स्टिनग्लासले भने ‘ट्रम्पले सुनुवाईका दौरान अदालत विरुद्धमा दिएका अभिव्यक्ति र आरोपका कारण न्यायिक व्यवस्थाको छविमा गम्भिर नोक्सन भएको छ।’ यो सुनेर ट्रम्पले कुनै प्रतिकृया दिएन्न। तर ‘होइन’ को अर्थमा टाउको हल्लाए।
ट्रम्पका वकिलले न्यायाधिशको यो भनाइमा सहमति नरहेको जनाए। न्यायाधिशपछि बोल्न पालो पाएका ट्रम्पले भने ‘यो मुद्दा मेरो लागि निकै दुखद अनुभव हो। न्युयोर्क र उसको अदालती सिस्टमका लागि यो विलकुल ठिक काम होइन्।’ उनले आफू निर्दोश रहेको र आफूमाथि भेदभाव भएको बताएका थिए।
अदालतले किन लियो सपथ अघि सजाय सुनाउने फैसला
मिडिया रिपोर्ट अनुसार न्यायाधीश जुआअन मर्चेनले भनेका थिए कि डोनाल्ड ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको सपथ लिने छन्। त्यसपछि ट्रम्पलाई राष्ट्रपतिका रुपमा मल्ने कानुनी छुटको फाइदा हुन सक्थ्यो। त्यसैले अदालतले सजाय टार्ने ट्रम्पको अपिल खारेज गरेर उनको मुद्दाको फैसला गर्ने निर्णय लियो।
अमेरिकाको संविधानको धारा २ को उपधारा ४ अनुसार राष्ट्रपति पदमा रहँदा कुनै पनि अपराधिक मामिलाको सजाय दिन सकिने छैन। यद्यपि यसको अर्थ उनी कानुनमाथि हुन भन्ने होइन तर राष्ट्रपति कानूनी प्रक्रिया भन्दा माथि रहन्छन्। यद्यपि राष्ट्रपति पदमा रहँदा कुनै पनि अपराधिक मामिलामा दोषी बन्दैनन्।
यदि राष्ट्रपति कुनै पनि प्रकारको अपराधिक गतिवितिको जिम्मेवार ठहरिएमा उनलाई महाअभियोगबाट मात्र हटाउन सकिन्छ। यदि महाअभियोगबाट राष्ट्रपति हटेपछि मात्र उनीमाथि अन्य सर्वसाधारणलाई जस्तै कानुनी प्रक्रिया सुरु हुने छ।
ट्रम्पमाथि लागेका ३४ आरोप सबै २०१६ को राष्ट्रपति चुनाव अघि पोर्न स्टार स्टोर्मी डेनियल्सलाई चुप लाग्नका लागि उनले खर्चेको १ लाख ३० हजार डलर दिएको आरोपसँग जोडिएको छ। जसमा ११ आरोप चेक साइन गरेकोमा जोडिएको छ। अन्य ११ आरोप कोहेनको कम्पनीमा जम्मा गरिएको गलत इनवोइससँग जोडिएको छ भने १२ अन्य आरोप गलत जानकारी दिएकोमा लगाइएको छ।
के हो पोर्नस्टारसँग ट्रम्पको सम्बन्ध
पोर्न स्टारलाई पैसा दिएर चुप लगाएको घटना सन् २००६ को हो। त्यो समयमा डोनाल्ड ट्रम्प एक रियल स्टेट कारोबारी (घरजग्गा व्यवसायी) थिए। पोर्न स्टार स्टार्मी डेनियल्स त्यो समयमा २७ वर्षकी थिइन्। ट्रम्प ६० वर्षका थिए। जुलाइ २००६ मा एक गोल्फ टुर्नामेन्टमा यी दुईबीच भेट भएको थियो।
स्टार्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा यो भेटको दाबी गरेकी छिन्। उनले भनेकी छिन् जब उनी ट्रम्पसँग भेटेकी थिइन्, त्यो समयमा ट्रम्प आफ्नी तेस्री श्रीमती मेलेनियाबाट छोरा बैरनको जन्म भएको थियो। बैरन जन्मिएको केबल ४ महिना भएको थियो।
आफ्नो किताबमा उनले ट्रम्पका बडिगार्ड्सले उनलाई एक नयाँ स्टारको पेन्टहाउसमा डिनरका लागि बोलाएका थिए। किताबमा उनले ट्रम्पको साथ र सम्बन्धसँगै उनको शारीरिक बनावटका विषयमा समेत जानकारी दिएकी थिइन्। त्यसपछि यी दुईबीच अफेयर सुरु भएको थियो।
आरोप यो छ कि २०१६ को राष्ट्रपति चुनाव अघि ट्रम्पले स्टोर्मीलाई चुप रहनका लागि पैसा दिए। ट्रम्पका वकिलहरूले पनि यो कुरा स्वीकार गरेका छन्। ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार दिएको हो।
ट्रम्पले पोर्न स्टारलाई दिएको पैसाको खुलासा भने २०१८ मा भएको थियो। वाल स्ट्रीट जर्नलले यो खुलासा गर्यो। यसको आधारमा ट्रम्पविरुद्ध अदालतमा मुद्दा परेको थियो। उनी अमेरिकाको इतिहासमा यस्तो राष्ट्रपति बने जसमाथि अपराधिक मामिलामा मुद्दा पर्यो र फैसला भयो।








प्रतिकृया दिनुहोस्