August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

बस दुर्घटना हुँदा भारतमा चारजनाको मृत्यु, २६ घाइते

Advertisement

भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा एक बालकसहित चारजनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।

Advertisement

राज्यको नैनिताल जिल्लाको भीमताल क्षेत्रमा बस दुर्घटना भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । तस्बिर : हिन्दुस्तान टाइम्स ।