August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

सोमालियाबाट विस्थापित भए ६० लाख मानिस

Advertisement

मोगादिसु- मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए)ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ ।

Advertisement

संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ ।

मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसलाई सहयोग गर्नमा केन्द्रित रहेको र ४० लाख मानिसलाई सहायताका लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

यद्यपि, ओसीएचएले चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौँ सोमालीको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ ।