August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

आईसीसीको फैसलामाथि चुनौती दिँदै हंगेरीका प्रधानमन्त्रीद्वारा नेतान्याहुलाई भ्रमणको निम्तो

Advertisement

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले गिरफ्तारीको वारेन्ट जारी गरे पनि त्यस्लाई अस्वीकार गर्दै हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले उनलाई हंगेरी भ्रमणको निम्तो दिएका छन्।

Advertisement

एक सरकारी मिडियामा आफ्ना कुरा राख्दै हंगेरीका प्रधानमन्त्री ओर्बानले आईसीसीलाई “राजनीतिक उद्देश्यका लागि चलिरहेको द्वन्द्वमा हस्तक्षेप गरेको” भन्दै आरोप लगाए।

उनले आफ्नो पक्षमा बोलेको भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘यो ओर्बानको नैतिक स्पष्टता हो।’ उनले हंगेरी दृढताका साथ “न्याय र सत्यको पक्षमा” उभिएको प्रतिक्रिया दिएका छन्।

आईसीसीले बिहीबार नेतान्याहु र इजरायलका पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई “भोकमरीलाई युद्धको विधिको रूपमा” प्रयोग गरेको आरोप लगाउँदै पक्राउ पुर्जी जारी गरेको थियो।

यस कदमको अमेरिका, अस्ट्रिया र अर्जेन्टिना जस्ता सहयोगीहरूले तुरुन्तै आलोचना गरे। यद्यपि, हंगेरीले नेतान्याहुलाई औपचारिक निमन्त्रणा दिएर ती देशहरूको आलोचनालाई थप पुष्टि गरेको छ।

ओर्बानले आईसीसीको गिरफ्तारीको वारेन्ट जारी गर्ने कामलाई “अपमानजनक रूपमा निर्दयी” र “निन्दनीय” भनेका छन्। उनले भने, ‘यो निर्णय कार्यान्वयन हुन दिइने छैन। यदी उहाँ हंगेरी आउनु भयो भने अदालतको फैसलाले कुनै प्रभाव पार्ने छैन। हामी आईसीसीका सर्तहरू मान्न बाध्य हुनेछैनौँ।’

तर बेलायत र युरोपियन युनियनको इलाकामा नेतान्याहु प्रवेश गरे पक्राउ संभावनाहरू रहेको बताइन्छ।