आर्सनलसँग चेल्सी स्तब्ध


इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो । आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो ।
चेल्सीका प्रशिक्षक थोमस टुसिलले हारको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । परातिज भएको चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ ।
आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित आठौँ स्थानमा रहेको छ ।








प्रतिकृया दिनुहोस्